7 years ago
July 24, 2018
बर्लिन (एजेन्सी)– विश्व कपका सर्वाधिक गोलकर्ता जमर्नीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोसले फ्रेन्च युवा स्ट्राइकर केलियन एमबाप्पले आफ्नो कीर्तिमान भंग गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
पहिलो पटक रसिया विश्व कप खेलेका एमबाप्पेले ४ गोल गरेका थिए । अर्जेन्टिनाविरुद्ध २ गोल गरेका उनले फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदा १ गोल गरेका थिए । फ्रान्सले दोस्रो पटक विश्व कप उपाधि जितेको थियो ।
सन् २००२ देखि २०१४ सम्म जर्मनीबाट विश्व कप खेलका क्लोसले १६ गोल गरेका थिए । ‘एमबाप्पले अझै ४ वटा विश्वकप खेल्न सक्छन्,’ क्लोसले भने,‘ उनले कीर्तिमानी बराबरी गर्न वा त्यो भन्दा पनि राम्रो गर्न सक्दछन् । फ्रान्स अहिले निकै राम्रो लयमा छ ।’
क्लोसले एमबाप्प बालोन डी ओरको मनोनयमा क्रिस्टियानो रोनाल्डो, लियोन मेस्सी, फ्रान्सेली सहकर्मी एन्टोनी ग्रिजमनसँगै पर्ने सम्भावना रहेको समेत बताएका छन् ।
उनले थपे ‘ एमबाप्पले मनोनयमा पर्ने मध्येका एक खेलाडी हुन् । यद्दपी उनले आफ्नै टोलीका ग्रिसमन, विश्व कपका उत्कृष्ट खेलाडी लुका मोड्रिच, च्याम्पियन्स लिग विजेता रोनाल्डोसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।’
विश्व कपको सफलता एमबाप्पले अहिले विदामा छन् । उनी अहिले पेरिस सेन्ट जर्मेनको प्रि सिजन एसिया भ्रमणमा जाने छैनन् । उनी सोझै नयाँ सिजनको सुरुवातमा टोलीमा आबद्ध हुने बताइएइको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]