7 years ago
July 24, 2018
पेरिस (एजेन्सी) – रुस विश्वकप २०१८ बाट युवा स्टारको छवि बनाएका फ्रान्स तथा पिएसजीका फरवार्ड किलियन एम्बाप्पेले आफ्नो राष्ट्रिय टिमका सहकर्मी एनगोलो कान्टेलाई अनुबन्ध गर्न पिएसजीलाई आग्रह गरेका छन् ।
२७ बर्षीय मिडफिल्डर कान्टे हाल चेल्सीबाट प्रिमियर लिग खेल्दै छन् । कान्टेलाई भित्र्याउने एम्बाप्पेको सल्लाहप्रति पिएसजी सकरात्मक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विश्वकपको उपाधि दौडमा मिडफिल्डर कान्टेले निकै नै महत्वपुर्ण भुमिका खेलेको थिए । एम्बाप्पेको सल्लाह अनुरुप फ्रान्सेली क्लबले यस सिजनको ट्रान्सफर विन्डोमा कान्टेलाई भित्राउन प्राथमिकतामा राखेको बताइएको छ ।
लेस्टर सिटीबाट आफ्नो पहिलो सिजनमै कान्टेले अप्रत्याशित रुपमा प्रिमियर लिगको उपाधि जितेका थिए । त्यसपश्चात उनले चेल्सीबाट पनि पहिलो सिजनमै लिगको उपाधि जिते भने फ्रान्सलाई विश्वविजेता बनाउन अघी युरोकप २०१६ मा उपविजेता बनाउन कान्टेको ठुलो योग्दान थियो ।
अहिलेका सबैभन्दा अब्बल रक्षात्मक मिडफिल्डरको उपनाम कमाएका कान्टेलाई पिएसजीले १ सय मिलियन पाउण्डमा भित्र्याउन सक्ने बताईएको छ । चेल्सी कान्टे छोड्ने पक्षमा भने छैन ।
चेल्सीका दुई स्टार एडेन हाजार्ड र विलियनलाई क्रमश: रियल म्याड्रिड र बार्सिलोनाले भित्राउन हरप्रयास गरिरहेका छन् । पिएसजीले गत सिजन फ्रान्सेली लिग १ जितेको थियो भने चेल्सी प्रिमियर लिगमा पाँचौ स्थानमा रहेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]