7 years ago
July 24, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस जाइन्ट रियल म्याड्रिडले यस सिजनको समर ट्रान्सफरमा तेस्रो खेलाडीको रुपमा युक्रेनका युवा गोलरक्षक एन्ड्री लुनिनलाई अनुबन्ध गरेको छ ।
युक्रेनका १९ वर्षीय प्रतिभाशाली गोलरक्षक लुनिनलाई युक्रेनी क्लब जोर्याबाट रियलले १५ मिलियन युरोमा ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । उनलाई सोमबार क्लबले सार्वजनिक गरेको हो । रियलले इंग्लिस क्लब चेल्सी तथा बेल्जियमका पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवालाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । टिममा केलर नाभास र किको कासिल्ला पनि गोलरक्षकको रुपमा रहेका छन् ।
लुनिनको अनुबन्ध सँगै रियलले यो सिजनको समर ट्रान्सफरमा क्लबमा तीन युवा खेलाडी अनुबन्ध गरेको छ । यसअघि रियलले ब्राजिल तथा फ्लेमिङ्गोका टिनेजर भेनेसियस जुनियरलाई ४५ मिलियन पाउड र स्पेन तथा रियल सोसिडाडका २२ वर्षीय डिफेन्डर अल्भारो ओर्डिजोलालाई ३५ मिलियन पाउन्डमा ६ वर्षका क्लबमा अनुबन्ध गरेको थियो । लुनिनले युक्रेनी राष्ट्रिय टोलीबाट दुई खेल खेलिसकेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]