default_image

7 years ago

July 25, 2018

रियल फर्कने हल्लाबीच रोड्रिग्वेजले भने- ‘म बायर्नमै खुसी छु’

105 views

0 Bookmark

बर्लिन (एजेन्सी)– मिडफिल्डर हामेस रोड्रिग्वेजले आफु बायर्न म्युनिखमै निकै खुसी रहेको बताएका छन् । रियल म्याड्रिडबाट गत वर्ष लोनमा बायर्न पुगेका रोड्रिग्वेज पुनः पुरानै क्लब फर्कने चर्चाका बीच उनको भनाई आएको हो । २ वर्षे लोनमा अब उनको एक वर्ष बाँकी रहेको छ ।

अर्को वर्ष सम्झौता टुंगिदा उनलाई स्थायी रुपमा क्लबमा राख्ने विषयमा पनि बायर्नले छलफल अघि बढाएको छ । रियलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो गत साता युभेन्ट्समा आबद्ध भएपछि रोड्रिग्वेजलाई पुनः फर्काउन सकिने चर्चा सुरु भएको थियो । तर, उनी अहिले पनि बायर्नमै रहन चाहेका छन् ।

‘अहिले म बायर्नमा छु । पहिलो सिजन मेरो उत्कृष्ट रह्यो । म यहाँ निकै खुसी छु,’ कोलम्बियन रोड्रिग्वेजले भने, ‘मलाई लाग्छ यहाँ मलाई क्लब र समर्थकले माया गर्छन् ।’

बायर्नमा गत सिजन उनको प्रदर्शन स्तरीय रह्यो । टोली लगातार छैटौं पटक बुन्डेललिगा जित्न सफल भएको थियो । सबै प्रतियोगितामा गरि ३९ खेल खेलेका रोड्रिग्वेजलेले ८ गोल गर्नुका साथै १५ गोलमा एसिस्ट गरेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.