7 years ago
July 25, 2018
म्यानचेस्टर (एजेन्सी)– एन्टोनी मार्सियललाई बिक्रि गरेमा त्यो म्यानचेस्टर युनाइटेडको ठूलो भूल हुने पूर्व कप्तान वायन रुनीले बताएका छन् । मार्सिलयसँग अनौठो क्षमता रहेको रुनीको बुझाई छ । जोसे माउरिन्होको नेतृत्वमा मार्सियलले नियमित खेल्ने मौका पाएका छैनन् । तर, लुइस भान हालको समयमा भने उनी पर्याप्त मौका पाउने गरेका थिए ।
फ्रान्सेली मार्सियल मोनाको बाट ३८ मिलियन पाउन्डमा युनाइटेड पुगेका थिए । बढी खेल्ने अपेक्षाका साथ मार्सिलयल क्लब छाड्ने सोचमा रहेको बताइएको छ । सुरुमा प्रशिक्षक माउरिन्होले भने उनी टोलीका लागि आवश्यक खेलाडी रहेको बताएका थिए ।
अहिले पछिल्लो समयमा भने उनलाई विक्री गर्न सकिने भनाई सार्वजनिक भएको छ । तर प्रिमियर लिग क्लबमा नभई अन्य क्लबमा बेच्न सकिने माउरिन्होको भनाई रहेको छ । युनाइटेडका पूर्व कप्तान एवंम् सर्वाधिक गोलकर्ताले मार्सियललाई विक्री गर्नु गल्ति हुने बताएका छन् ।
‘क्षमताका हिसाबले मार्सियल अनौठो छन् । तर उनीबाट उत्कृष्ट कसरी निकाल्ने तिमीमा भर पर्दछ,’ उनले भने, ‘मैले जति पनि उनलाई चिनेको छु , उनीमा भएको क्षमता निकाल्न सकेको खण्डमा उनी लिगका उत्कृष्ट हुनेछन् । व्यक्तिगत रुपमा उनलाई बुझ्न केहि कठिन हुन सक्छ । तर उनलाई राम्ररी बुझेपछि खुसी पाउनेछौं ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]