7 years ago
July 24, 2018
जुरिच (एजेन्सी) – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र इग्ल्यान्ड ग्यारेग साउथगेट फिफा वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् ।
क्रोएसियालाई विश्व कपको फाइनल पुर्याउने प्रशिक्षक ज्लाट्को डालिक, विश्व कप विजेता टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्पस पनि मनोनयमा परेका छन् । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व विजेता बनेको थियो ।
त्यस्तै रुसका स्टेनिस्लाभ चेर्चेसोभ पनि मनोनयनमा पर्न सफल भएको छ । कमजोर आकिएको रुस विश्व कपको क्वार्टरफाइनल पुगेको थियो । विश्व कपमा बेल्जियमलाई तेस्रो बनाएका प्रशिक्षक रोबर्टो मार्टिनेज पनि मनोनित भएका छन् । ््
त्यस्तै मनोनयमा पर्न सफल अन्य प्रशिक्षकमा सिरी–ए को उपाधि दिलाएका युभेन्ट्सका मासिमिलियनो अलेग्री, लिभरपुललाई च्याम्पियन लिगको फाइनल पु¥याउने योर्गन क्लोप र युरोपा लिग जिेता एट्लेटिको मड्रिडका डिएगो सिमोन छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]