7 years ago
July 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)- कुनै समय थियो, जर्मनी दुई देश थियो, पश्चिम र पूर्व । यो त राजनीतिक कारणले थियो । यसले भौगोलिक रूप पनि लियो, लामै समय । पछि एकिकरण पनि भयो । अहिले एकपटक फेरि जर्मनी विभाजित भएको छ, दुई चिरामै । अहिलेको विभाजन भने बढी भावनात्मक हो । र, यी सबैको केन्द्रमा रहेका पात्र हुन्, मेजुट ओजिल । अहिले जर्मनीमा चर्को बहस चलिरहेको छ । एक थरी भन्छन्, सायद ओजिल ठीक छन्, हामीमै केही कमी भएको हो कि ?
अर्को थरी ठोकेर भन्छ, होइन, ओजिल गलत नै छन् । पहिलो पूरा घटनाक्रमको पृष्ठभूमिमा जाऔं । जर्मनी विश्वकप २०१८ मा डिफेन्डिङ च्याम्पियनका रूपमा प्रस्तुत भएको थियो, तर पहिलो चरण पनि पार गर्न सकेन । यस्तोमा यसको दोष कसको काँधमा टिकाउने भनेर चलखेल हुँदा पहिलो आरोपित रहे, यिनै ओजिल । ओजिलको जर्मन टिमप्रतिकै समर्पणमा शंका गरियो । ओजिल जर्मन त हुन्, तर यससँगै जोडिएर आउँछ, उनको टर्कीसम्मको सम्बन्ध ।
उनको बाजे कामको क्रममा टर्की आए । पछि ओजिलको जन्म जर्मनीमै भयो । ओजिललाई अझै पनि आफ्नो पुर्खा टर्कीको भएकोमा गर्व छ र विश्वकप अगाडि मात्र उनले केही साथी खेलाडीसँग टर्कीका राष्ट्रपतिसँग तस्बिर पनि खिचाए । विश्वकपबाट जर्मनी के बाहिरियो, यही निहुँमा उनको चर्को आलोचना भयो । यसका जवाफमा ओजिलले भने घोषणा गरे, अब जर्मनीका लागि खेल्ने छैन । उनको भनाइ थियो, ‘जित्दा म जर्मन नै हुन्छु, हार्दा भने म टर्कीको हुन्छु ।’
उनको यो भनाइ आएयता केही जर्मनले के माने भने सायद त्यहाँको समाजमा अझै केही त्रुटी छ र यसै क्रममा त्यहाँका जर्मनहरूले सायद आप्रवासीहरूलाई हेर्ने नजर परिवर्तन भएको पनि छैन । अझै पनि आप्रवासी जर्मनलाई दोस्रो दर्जामै राखिन्छ । त्यसैले पनि ओजिलले यसपल्ट मुख खोल्न बाध्य भए कि ? यो समूह भन्छ, जर्मन समाज अझ उदार हुनु पर्छ र आफ्नोमा भएको विविधतामा गर्व र खुसी मान्नु पर्छ । यो त भयो, उदार जर्मनहरूको तर्क ।
त्यहाँ उत्तिकै अनुदार जर्मन पनि त छन् । उनीहरू भन्छन्, जर्मनमा ओजिल जस्ता धेरै छन्, जसले जर्मनीबाट सबथोक पाए, तर उनीहरूले त्यसको ऋण तिर्न खोज्दा भने जर्मनी भन्दा आफ्नो पुर्खाको देश सम्झिन गर्छन् । यो समूहलाई जर्मनीले धेरै आप्रवासीलाई आफ्नो भित्र्याएकोमा पनि आक्रोस छ । उनीहरू तर्क गर्छन्, जर्मन हौ भने जर्मन जस्तै रहनु पर्छ । सायद यस्तो विचार अतिवादी पनि छ र यस्तै अतिवादीको कारणले जर्मनीले इतिहासमा धेरै हन्डर पनि खाइसकेको छ । जर्मन समाजले अब कस्तो बाटो तय गर्छ, त्यो हेर्न लायक हुनेछ ।
-एजेन्सीको सहयोगमा
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]