default_image

7 years ago

July 25, 2018

छुट्टीमा पनि रोनाल्डो व्यस्त

113 views

0 Bookmark

बेजिङ (एजेन्सी)– रसिया विश्व कपमा सहभागी धेरै खेलाडी अहिले पनि विदामा छन् । कतिपय खेलाडीले परिवारसँग समय विताइरहेका छन्, कोहि आराममा छन् भने कोहि यात्रामा निस्केका छन् ।

तर पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो भने फुटबलकै कारण व्यवस्त छन् । यद्दपी परिवार र साथीसँग केहि दिनको छुट्टी मनाउन उनी पनि ग्रिस पुगेका थिए ।

त्यसपछि युभेन्ट्समा ४ वर्षको सम्झौता गरेका ३३ वर्षे रोनाल्डो अहिले चीन पुगेका छन् । उनी नाइक र आफ्नो प्रचारका लागि चीन पुगेका हुन् । बेजिङ ओलम्पिक स्पोर्टस् सेन्टरमा उनी मंगलबार व्यस्त रहे ।

स्थानिय बालकहरुको प्रशिक्षणमा सामेल भएका उनले केहि समय समर्थकहरुसँग पनि बिताएका थिए । उनीसँगै उनका बर्डिगार्ड पनि थिए । आफ्नो प्रायोजक नाइकको प्रबद्र्धनका लागि उनी हरेक वर्ष यात्रामा निस्कने गर्छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.