10 years ago
August 26, 2015
भरतपुर, ९ भदौ
बसन्तपुर युनाइटेड माडी भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को सेमीफाइनलमा प्रवेश गरेको छ ।
वुधबारको खेलमा नारायणगढ फुटबल क्लब (एनएफसी) लाई ३–२ गोलअन्तरले पराजित गर्दै माडीले अन्तिम ४ को यात्रा तय गरेको हो ।
माडीका लागि टंक लामाले २ तथा विनोद दराईले १ गोल गरे । त्यस्तै एनएफसीका लागि कप्तान साजन श्रेष्ठ र कुशल श्रेष्ठले समान एक–एक गोल गरे । माडीका टंक लामा म्यान अफ दी म्याच घोषित भए । दोस्रो क्वाटरफाइनलमा विहीबार भदौ १० गते भरतपुर फुटबल क्लब (बीएफसी) र टाडी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
भदौ ५ गतेदेखि सुरु प्रतियोगितामा १२ टिम सहभागी थिए । विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउनेछ । प्रतियोगिता संयुक्त एम्बुलेन्स चालक संघ नेपालको आयोजना तथा भरतपुर फुटबल क्लबको सहआयोजनामा सञ्चालन गरिएको हो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]