default_image

6 years ago

August 6, 2018

सिटीका लागि अगुएरोको २ सय गोल

29 views

0 Bookmark

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले क्लबका लागि २ सय गोल पुरा गरेका छन् । कम्युनिटी शिल्डमा आइतबार चेल्सीलाई २–० ले हराउँदै उपाधि जितेको सिटीका लागि दुवै गोल अगुएरोले नै गरेका थिए । उनले १३ औं मिनेटमा पहिलो गोल गर्दै २ सय गोलको कोसे ढुंगा पार गरेका थिए ।

अगुएरो क्लबका लागि सर्वाधिक गोलकर्ता हुन् । नोभेम्बरमा नेपोलीविरुद्धच्याम्पियन्स लिगमा गोल गर्दै अगुएरोले इरिक ब्रुकको ७७ वर्ष पुरानो सर्वाधिक गोलकर्ताको कीर्तिमानलाई तोडेका थिए । ब्रुकको नामा १ सय ७७ गोल छ । अगुएरो सन् २०११ मा एट्लेटिको म्याड्रिडबाट सिटी पुगेका थिए ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.