7 years ago
August 6, 2018
म्युनिख (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको छ । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग १–० ले पराजित हुदै युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको हो ।
युरोपियन क्लब फुटबल शुरु हुनुअघि क्लबहरु प्रि–सिजनका लागि अमेरिका लगायतका देशहरुको भ्रमणका निस्किएको थियो । प्रि–सिजनको ६ खेलमध्ये युनाइटेडले दुई खेलमा मात्र जित हात पार्न सफल भयो ।
युनाइटेडले एसी मिलान र रियल मड्रिडलाई मात्रै पराजित गर्न सक्दा क्लब अमेरिका र सान जोसे अर्थक्वेकसँग बराबरी खेलेको थियो । इंग्लिस क्लब लिभरपुलसँग भने ४–१ को फराकिलो हार बेहोरेको थियो ।
म्युनिखको घरेलु मैदान एलिनाज एरिनामा आइतबार बिहान भएको खेलमा जेभियर मार्टिनेजको एक मात्र गोल नै युनाइटेडको हारमा पर्याप्त बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको ५९ औं मिनेटमा मार्टिनेजले थियागो आलाकान्तराको कर्नरमा गोल गर्न सफल भएका थिए ।
यस खेलमा पउल पोग्वा, रोमेलु लुकाकु, जेसे लिङगार्ड, एस्ले योङ र मराउने फेलियनीलाई प्रशिक्षक जोजे मौरिन्होले विश्राम दिएका थिए ।। नेमान्जा मेटिक र एन्टोनियो भ्यालेन्सिया भने चोटग्रस्त छ ।
चार दिनपछि शुरु हुने इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई घरेलु मैदानमा आतिथ्य गर्दैछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]