7 years ago
August 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यु–१५ महिला साफ च्याम्पियनका लागि नेपाली टोली मंगलबार भुटानतर्फ जाने भएको छ । यु–१५ महिला साफ च्याम्पियनसिप अगस्ट ९ देखि १८ तारिखसम्म भुटानको राजधानी थिम्पुमा हुदैछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र बंगलादेश रहेका छन् । नेपालले अगस्ट ११ मा पाकिस्तान र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाले महिलाको सिनियर र उमेर समूह सबै टोलीको विकासमा ध्यान दिएको बताएका छन् । उनले दुई महिना तयारी गरेको टोलीबाट भुटानमा सफल नतिजा आउनेमा एन्फा आशावादी रहेको पनि जनाए ।
अध्यक्ष शेर्पाले एन्फाले बढी भन्दा बढी महिला खेलाडी उत्पादनका लागि वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । महिला टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र एन्फा अध्यक्ष शेर्पा, पदाधिकारीले सोमबार एन्फामा आयोजित कार्यक्रममा विदाई गरे ।
नेपाली टोली
गोलकिपर–सावित्री किसान, पुजा थापा, करिना धिमाल
डिफेन्डर – खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थापामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सबिना चौधरी, मनमाया परियार
मिडफिल्ड – प्रिति राई (कप्तान) , सुष्मा तामाङ, रिया बानु, मनिषा बिष्ट, सबिता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल,
फरवार्ड – रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी, अनुष्का शेर्पा
मुख्य प्रशिक्षक – गंगा गुरुङ
प्रशिक्षक – श्याम मानन्धर
गोलकिपर प्रशिक्षक – विनोद महर्जन
अफिसयल-वृन्दा देवान
म्यानेजर -नन्द कला थापा मगर
फिजियाे -अाभासना श्रेष्ठ
टेक्निकल डारेक्टर -ताकेदा चयाकी
महिला राष्ट्रिय टिम प्रशिक्षक– हरि खड्का
अफिसयल-श्याम मानन्धर
मिडिया– मुना कार्की
रेफ्रीहरु -अस्मिता मानन्धर र बिना श्रेष्ठ
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]