7 years ago
August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबल र साफ च्याम्पियनसिपको तयारीमा थाइल्यान्ड रहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाली टोली र थाइल्यान्डको पुलिस टेरो क्लबबीचको मैत्रीपूर्ण खेल नेपाली समय अनुसार साँझ ५ बजे बोनयाचिन्दा स्टेडियममा सुरु हुनेछ ।
राष्ट्रिय टोली महत्वपूर्ण दुई सदस्य रोहित चन्द र गोलकिपर किरण चेम्जोङ उपलब्ध हुनेछैनन् । किरणको भिसा समस्याका कारण र रोहितलाई क्लबले नपाठाएको कारण उनीहरु पहिलो अभ्यास खेलमा उपलब्ध नहुने भएका हुन् । किरण आज थाइल्यान्डतर्फ प्रस्थान गर्नेछन् । किरण थाइल्यान्डको यु–२३ टिमसँगको दोस्रो मैत्रीपूर्ण खेलमा भने उपलब्ध हुनेछन् ।
नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसंग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछन् ।प्रशिक्षण र अभ्यास खेलको लागि नेपाली टोली शुक्रबार नै थाइल्याण्ड पुगिसकेको छ । साफ र एसियन गेम्सको लागि नेपालले २६ खेलाडीलाई अभ्यासमा पठाएको हो । स्ट्राइकर भरत खवास भने चोटका कारण टोलीसँगको भ्रमणमा गएका छैनन् ।
थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्समा नेपाल समूह डीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् । एसियाड भदौ २ गते औपचारिक रुपमा सुरु हुने भएपनि फुटबल भने केहि दिन अघिबाट सुरु हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]