default_image

7 years ago

August 7, 2018

ब्राजिलका बर्नाड साख्तरबाट एभर्टनमा

112 views

0 Bookmark

गुडिसन पार्क (एजेन्सी) – इंग्लिस क्लब एभर्टनले ब्राजिलका मिडफिल्डर बर्नाडलाई अनुबन्ध गरेको छ । एभर्टनले बर्नाडलाई युक्रेनी क्लब साख्तर डोनेस्कबाट स्वतन्त्र मुल्यमा अनुबन्ध गरेको हो ।

२५ वर्षीय बर्नाडलाई इंग्लिस क्लब चेल्सी, वेस्टह्याम र एसी मिलानले पनि अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, उनी एभर्टनमा आउन सहमत भएको हो । मर्सिसाइड क्लब एभर्टनमा आउनुअघि बर्नाडको मंगलबार गुडिसन पार्कमा मेडिकल हुनेछ ।

बर्नाड ब्राजिली क्लब एट्लेटिको मिनिरोबाट २०१३ मा ४० मिलियन पाउन्डमा युक्रेनी क्लब साख्तर डोनेस्कमा ५ वर्षको लागि अनुबन्ध भएको थियो । उनको सम्झौता सकिसकेका कारण एभर्टनले फ्रि ट्रान्सफरमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

२५ वर्षीय बर्नाडले साख्तर डोनेस्कबाट १५७ खेल खेलमा २८ गोल गर्न सफल भएका छन् । बर्नाडले एट्लेटिको मिनिरोबाट २०१२ र १३ मा क्याम्पपियोनाटो मिनिरो कप र २०१३ मा कोपा लिवर्टोेडोरेस जितेका थिए । साख्तर डोनेस्कबाट युक्रेनी प्रिमियर लिग, युक्रेनी सुपर कप र युक्रेनी कप जित्न जितिसकेका छन् ।

लेफ्ट विङ्गर तथा सेन्टर मिडफिल्डबाट खेल्न सक्ने बर्नाडलाई ब्राजिलका पूर्व प्रशिक्षक लुइस फिलेपे स्कोलारीले ड्रिब्लिङ क्षमताका कारण खुट्टै खुट्टामा रम्न सक्ने खेलाडीको उपनाम दिएका थिए ।

बर्नाडले २०१२ मा ब्राजिली टिममा डेब्यु गरेका थिए । ब्राजिलले २०१३ को फिफा कन्फेडेरेसन कप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । २०१४ को विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित हुदा उनले शुरुवाती ११ मा मौका पाएका थिए । बर्नाडले २०१६ को रियो ओलम्पिक चोटका कारण गुमाएका थिए । त्यसयता भने उनी ब्राजिलको टिममा पर्न सकेका छैनन् । उनले ब्राजिलबाट १४ खेल खेल्दै १ गोल गरेका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.