default_image

7 years ago

August 7, 2018

‘समय आएपछि मेस्सीको भविष्यबारे थाहा हुनेछ’

102 views

0 Bookmark

ब्यूनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिना फुटबल टोलीका अन्तरिम प्रशिक्षक लियोन स्कालोनीले सुपर स्टार लियोन मेस्सीको अन्तर्राष्ट्रिय फुटबल भविष्यका बारेमा अब हुने टोलीको घोषणाका क्रममा थाहा हुने बताएका छन् ।

स्कालोनीले भने,‘हामीले जति बेला टोलीको नाम सार्वजनिक गर्छौ त्यति बेला के गर्छौ भन्ने थाहा हुनछ ।’ रसिया विश्व कपको कमजोर प्रदर्शनपछि ३१ वर्षे मेस्सीले दोस्रो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन सक्ने चर्चा सुरु भएको थियो ।

यसअघि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास दबाबका कारण फिर्ता लिएका थिए । रसिया विश्व कपमा अर्जेन्टिनाले खेलका ४ खेलमा मेस्सी १ गोल मात्र गर्न सफल भएका थिए ।

अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै विश्व कपबाट बाहिरिएको थियो । मेस्सीले अर्जेन्टिना फुटबल संघसँगको छलफलपछि आफ्नो भविष्यका बारेमा निर्णय गर्ने विश्वास लिइएको छ ।

विश्व कपपछि जार्ज साम्पोलीले प्रशिक्षक पदबाट राजीनामा दिएपछि अहिले टोलीको अन्तरिम प्रशिक्षकमा स्कालोनी रहेका छन् । ‘हामीले टोलीको नामावली तयार पारेका छैनौं । जति बेला हामी नामावली तयार पार्छौ त्यहि बेला के हुन्छ , स्कालोनीले भने,‘इमान्दार भएर भन्नुपर्दा मलाई मेस्सीसँग कुरा गर्न कुनै अप्ठेरो छैन ।

उनले मेस्सीलाई जहिले पनि आधारपूर्वक व्यवहार हुने पनि प्रष्ट पारे । स्कालोनीले ‘उनी जुन सम्मानको हकदार हुन् त्यहि अनुसारको व्यवहार हुनेछ । सबैलाई थाहा छ उनी सबैका लागि कति महत्वपूर्ण छन् ।

अर्जेन्टिनाले अर्को महिना ग्वाटेमाला र कोलम्बियासँग मैत्रीपूर्ण खेल खेल्नेछ । अगस्ट १९ सम्ममा टोलीको नाम सार्वजनिक हुने विश्वास गरिएको छ । त्यति बेला मेस्सीको अन्तर्राष्ट्रिय फुटबल भविष्यका बारेमा संकेत गर्ने अनुमान गरिएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.