7 years ago
August 7, 2018
कायरो (एजेन्सी) – फिफा विश्वकप फुटबल खेल्ने पाका खेलाडीको कीर्तिमान बनाएका इजिप्टका गोलकिपर इसाम इएल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
इजिप्टका ४५ वर्षे इसामले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । इजिप्टबाट रसिया विश्वकप खेल्दै इसामले विश्वकप खेल्ने पाका खेलाडीको कीर्तिमान बनाएका थिए ।
उनले रसिया विश्वकपको समूह चरणको अन्तिम खेलमा साउदी अरेवियाविरुद्ध खेल्दै विश्वकप खेल्ने पाका खेलाडी बनेका थिए । उक्त खेलमा इजिप्ट २–१ ले विजयी हुदा इसामले एक पेनाल्टी बचाएका थिए ।
सन् १९९६ मा राष्ट्रिय टिममा डेब्यु गरेका इसामले राष्ट्रिय टिमबाट १ सय ५९ खेल खेलेका छन् । ४५ वर्षीय इसामले चारपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेका थिए ।
सन्यास लिने उपयुक्त समय आएकाले सन्यास लिएको उनले बताएका छन् । ‘मैले २२ वर्ष चार महिना १२ दिन इजिप्टको राष्ट्रिय टिममा बिताए । यो समयमा मैले टिमसँग उत्कृष्ट समय बिताएको छु । अब नयाँ खेलाडीहरुलाई पनि मौका दिनुपर्दछ । त्यसैले मैले आफ्नो ग्लोभ्स थन्क्याउने निर्णय गरेको हुँ ’ इसामले सन्यासपछि भनेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]