7 years ago
August 7, 2018
लन्डन (एजेन्सी) – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका गोलरक्षक जोए हार्टलाई मंगलबार बर्नलीले सार्वजनक गरेको छ । बर्नलीले सिटीका गोलकिपर हार्टलाई ४ मिलियन पाउन्डमा दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो ।
हार्टलाई मंगलबार क्लबले बर्नलीमा सार्वजनिक गरेको हो । हार्ट पछिल्लो दुई सिजन लोनमा टोरिनो र वेस्टह्यामबाट खेलेका थिए । बर्नलीमा अनुबन्ध भएसँगै हार्टले सिटीसँगको १२ वर्षे लामो यात्रा टुङ्ग्याएको छ ।
दुई वर्ष अघि प्रशिक्षकको रुपमा पेप ग्वार्डिओला आगमनसँगै हार्ट टोलीको पहिलो रोजाइमा पर्न असफल भएका थिए । जसका कारण उनी लोनमा अन्य क्लबमा लागेका थिए ।
नयाँ सिजन अघिको प्रि सिजनमा भने हार्टले सिटीबाट खेलेका थिए । बर्नलीको पहिलो रोजाइमा पर्न हार्टको निक पोपी र टोम हिटनसँग प्रतिस्पर्धा हुनेछ । ३१ वर्षे हार्टले रसिया विश्वकपमा इंग्ल्यान्ड टोलीमा पनि स्थान बनाउन सकेका थिएनन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]