7 years ago
August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)- एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।
नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो । ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि पुलिस टेरोको ‘बी’ टिमले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो । त्यही गोल नै नेपालको हारमा निर्णायक बन्यो ।
नेपालले अब १० अगस्टमा थाइल्यान्डको यु–२३ टिमसँग खेल्नेछ । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् ।
एसियन गेम्समा नेपाल समूह डीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् । एसियाड भदौ २ गते औपचारिक रुपमा सुरु हुने भएपनि फुटबल भने केहि दिन अघिबाट सुरु हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]