default_image

7 years ago

August 7, 2018

किरण भोली थाइल्यान्ड जाने

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ भोली थाइल्यान्ड जाने भएका छन् ।

Kiran chemjong

आसन्न एसियाड र साफ च्याम्पियनसिपका लागि नेपाली टोली १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेलका लागि गत शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको थियो । भिसा समस्याका कारण किरण टिमसँग जान पाएका थिएनन् ।

भिसा समस्या समाधान भएको र भोलि ११ बजेपछि थाइल्यान्ड जाने तय भएको गोलरक्षक किरणले हाम्रो खेलकुदलई जानकारी गराए ।

माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायिक फुटबल खेलिरहेको किरण गत बुधबार नै काठमाडौं आएको थियो । तर, उनी भिसा समस्याका कारण टोलीसँगै जान पाएका थिएनन् । उनले आज थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँगको खेल गुमाएका थिए । उक्त खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

बुधबार थाइल्यान्ड प्रस्थान गरेसँगै किरण शुक्रबार थाइल्यान्डको यु–२३ टिमसँगको खेलमा उपलब्ध हुनेछ । तर, उक्त खेलमा टिममा रहने या नरहने प्रशिक्षकको हातमा रहने किरणले बताएका छन् । उक्त अभ्यास खेलपछि नेपाली टोली एसियाडका लागि जाकार्ता प्रस्थान गर्नेछन् । किरण एसियाड टोलीका कप्तान हुन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.