7 years ago
August 8, 2018
एनफिल्ड (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले प्रभावशाली जितसहित प्रि–सिजन भ्रमण अन्त्य गरेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–१ को प्रभावशाली जित निकाल्दै लिभरपुलले प्रि– सिजन जितसहित अन्त्य गरेको हो ।
लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे । टोरिनोका एन्द्रिया बेलोट्टीले एका गोल फर्काए ।
२१ औं मिनेटमा फिर्मिनोको गोलबाट लिभरपुलले शुरुवाती अग्रता बनाएको थियो । फिर्मिनोले मोहम्मल सलाहको पासमा गोल गर्न सफल भएका थिए । २४ औं मिनेटमा फिर्मिनोको पासमा विज्नल्डमले गोल गरेपछि लिभरपुल २–० ले अघि बढेको थियो । ३१ औं मिनेटमा टोरिनोका एन्द्रिया बेलोट्टीले गोल गरेपछि पहिलो हाफ २–१ मा सकिएको थियो । ८७ औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गरेपछि लिभरपुल ३–१ ल्े विजयी हुन सफल भयो । त्यसअघि पहिलो हाफमा यसै सिजन क्लबमा अनुबन्ध भएका ब्राजिली फाविन्होले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
लिभरपुलले यसअघि प्रि–सिजनमा नपोली, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो ।
लिभरपुलले आइतबार वेस्टह्यामसँग खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]