7 years ago
August 8, 2018
लन्डन (एजेन्सी) – वैकल्पिक गोलकिपर रोबर्ट ग्रीन नायक बनेपछि इंग्लिस क्लब चेल्सीले प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा लियोनलाई पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीले फ्रेन्च लिग वान क्लब लियोनलाई सडनडेथमा ५–४ ले पराजित गरेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा दोस्रो हाफमा मैदान छिरेका चेल्सीका गोलकिपर रोबर्ट ग्रीनले एक पेनाल्टी बचाएका थिए । रोबर्ट ७४ औं मिनेटमा मार्सिनल बुल्काको स्थानमा मैदान छिरेका थिए । निर्णायक पेनाल्टीमा इडेन हाजार्ड चुकेनन् । त्यसअघि दुवै टिमले पाएको सुन्दर मौकालाई सदुपयोग गर्न सकेनन् ।
चेल्सीका पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहँदा रोबर्ट ग्रीनले उच्च प्रदर्शन गरेको हो ।
यससँगै चेल्सीको प्रि–सिजनको अभ्यास खेलहरु सकिएको छ । चेल्सीले प्रि–सिजनमा लियोनमाथिको जितसँगै दुई जित मात्र निकाल्न सक्यो । यसअघि पर्थ ग्लोरीमाथि चेल्सीले १–० को जित निकालेको थियो । त्यसपछि इन्टर मिलान र आर्सनलसँग पेनाल्टी सुटआउटमा तथा कम्युनिटी शिल्ड कपमा म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको थियो ।
चेल्सीले हडल्र्सफिल्ड टाउनसँग शनिबार खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]