7 years ago
August 8, 2018
न्यु जर्सी (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ ।

अमेरिका न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा च्याम्पियन्स लिग च्याम्पियन रियलले इटालियन क्लब एएस रोमामाथि २–१ को जित निकालेको हो । रियलको जितमा मार्काे एसेन्सियो र ग्यारेथ बेलले गोल गरे । रोमाका लागि केभिन स्टुटम्यानले सान्त्वाना गोल फर्काए ।
मार्काे एसेन्सियोको गोलबाट रियलले रोमाविरुद्ध दोस्रो मिनेटमै अग्रता बनाएको थियो । १५ औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपछि रियल पहिलो हाफमा २–० ले अघि बढेको थियो । खेल सकिन ७ मिनेट बाँकी रहँदा केभिन स्टुटम्यानले गोल गर्दै रोमालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा केभिनको गोल सान्त्वना बन्यो, भने रियलले खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
रियलले अब प्रि–सिजनमा शहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग खेल्न बाँकी छ । खेल १५ अगस्टमा हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]