7 years ago
August 9, 2018
मड्रिड (एजेन्सी) – प्रिमियर लिग क्लब चेल्सी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्ध हुने पक्का भएको छ । रियालले कोर्टुवालाई ३५ मिलियन पाउन्डमा ६ वर्षका लागि क्लबमा भित्र्याउन सफल भएको हो ।
रियालले आज सान्टियागो बर्नबेउमा कोर्टुवालाई सार्वजनिक गर्नेछ । रियलले सामाजिक संजाल ट्वीटरमा ‘स्वागत कोर्टियस’ भनेर ट्वीट गरेको छ । रुस विश्वकपमा उच्च प्रदर्शन गरेपछि रियलले कोर्टियसमाथि नजर लगाएको थियो । २६ बर्षीय कोर्टियस सन् २०११ मा जेन्कबाट चेल्सी आएका थिए । त्यसपछि कोर्टुवा लोनमा एट्लेटिको मड्रिडमा पुगेपछि २०१५ मा पुनः चेल्सी फर्किएका थिए ।
चेल्सीले कोर्टुवाको स्थानमा स्पेनिस क्लब एट्लेटिको बिल्वाओका गोलकिपर किपा अराईजब्लागालाई कीर्तिमानी मुल्य (७२ मिलियन) पाउन्डमा अनुबन्ध गरिसकेको छ । कोर्टुवालाई क्लबमा भित्र्याएर रियलले क्रोएसियन मिडफिल्डर माटियो कोभासिचलाई लोनमा चेल्सी पठाएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]