7 years ago
August 9, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विना जानकारी जिम्मेवारीबाट हटाइएको भन्ने समाचार सार्वजनिक भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यबीच छलफल हुने भएको छ ।
राष्ट्रिय टोलीको प्रशिक्षकमा कार्यरत रहकै अवस्थामा एन्फाले विना सुचना हटाएको भन्दै सञ्चारमाध्यममा व्यापक आलोचना भएपछि एन्फाले शाक्यलाई छलफलका लागि भन्दै बिहीबार पत्र पठाएको छ ।
‘हामीले उहाँ तीन दिन भित्र छलफलका लागि आउन आग्रह गर्दै पत्रचार गरेका छौं,’ एन्फाका प्रवक्ता किरण राईले भने,‘ उहाँको विषयमा एन्फालाई छोडेर सञ्चारमाध्यममा आएको समाचारले एन्फाको ध्यानाकर्षण भएको छ ।’
शाक्यले पनि एन्फाबाट पत्र प्राप्त भएको र आफु छलफलमा जान तयार रहेको बताएका छन् । ‘छलफलको लागि एन्फाले बोलाएको पत्र पाए,’ उनले हाम्रो खेलकुदसँग भने,‘ भोली वा पर्सी छलफलका लागि जान्छु ।’
एन्फाले यो विषयमा पहिले नै छलफल गरेको भए अझ उपयुक्त हुने शाक्यको भनाई छ । ‘एन्फाले यो विषयमा मसँग पहिले नै सल्लाह गरेको भए सायद विषय यहाँ सम्म आउने थिएन,’ उनले भने,‘ढिलै भएपनि एन्फाले यो विषयलाई सम्बोधन गरेको छ । छलफलबाट समाधान निस्कनेमा म आशावादी छु ।’
एन्फाका प्रवक्ता राई पनि छलफलबाट समाधान निस्कनेमा आशावादी छन् । ‘हामी सबै विषयमा छलफल गर्न तयार छौं,’ उनले भने,‘ हामी छलफलमा बसेपछि सबै विषय सकारात्मक ढंगले अघि बढ्नेछ ।’
एन्फाले शाक्यले राष्ट्रिय टोलीमा सम्हाल्दै आएको प्रशिक्षकको भूमिकामा अर्का प्रशिक्षक बालगोपाल महर्जनलाई नियुक्त गरेको थियो । राष्ट्रिय टोलीका पूर्व कप्तान शाक्यले नेपालले सन् १९९८ र १९९३ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दाका सदस्य हुन् ।
दुवै स्वर्ण पदक जित्ने टोलीमा रहेका दुई मध्येका शाक्य खेलाडी हुन् । अर्का पूर्व खेलाडी उमेश प्रधान अहिले अमेरिकामा छन् । १९९३ मा नेपालले स्वर्ण पदक जित्दा शाक्य कप्तान थिए ।
खेल जीवनपछि लगातार प्रशिक्षणमा रहेका शाक्य नेपालले एएफसी सोलिडारिटी कप जित्दा प्रशिक्षक दिए । त्यस्तै उनकै प्रशिक्षणमा नेपाली यू २३ टोलीले भारतमा दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]