7 years ago
August 9, 2018
मड्रिड (एजेन्सी)– स्पेनिस जाइन्ट रियल मड्रिडका पहिलो रोजाईका गोलरक्षक केलर नाभासले क्लब छाड्ने संकेत गरेका छन् । रियलले ६ वर्षका लागि इंग्लिस क्लब चेल्सी तथा बेल्जियमका थिवाउट कोर्टुवालाई बिहिबार ३५ मिलियन पाउन्डमा अनुबन्ध गरेसँगै नाभासले क्लब छाड्ने संकेत गरेका हुन् ।
रसिया विश्वकपको गोल्डेन ग्लोभ्स विजेता कोर्टुवा रियलमा आएसँगै आफ्नो भविष्य अनिश्चित हुने पक्का भएपछि च्याम्पियन्स लिग विजेता रियलमा बसिरहने कुनै योजना नरहेको नाभासले टीभी कार्यक्रम ओन्डा सेरोमा भनेका छन् । समर ट्रान्सफर आज सकिन लाग्दा नाभास कहाँ जाने हो, त्यो भने खुलाएको छैन ।
नाभासको अघिल्लो सिजनको रियल बसाई पनि धरापमा परेको थियो । इंग्लिस क्लब म्यानचेस्टर युनाटेड तथा स्पेनका गोलरक्षक डेभिड हे गेयालाई अन्तिम समयमा अनुबन्ध गर्न चुकेपछि नाभास रियलमै रहेका थिए । रियलले अघिल्लो सिजनको च्याम्पियन्स लिग जित्दा नाभासले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कोस्टारिकाका ३१ वर्षीय नाभास सन् २०१४ मा १० मिलियन पाउन्डमा रियलमा आएका थिए । रियलमा आएपछि नाभासले तीनपटक च्याम्पियन्स लिग र फिफा क्ला विश्वकप, युइएफए सुपरकप, स्पेनिस ला लिगा र स्पेनिस सुपरकप एकपटक जतेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]