7 years ago
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा आयोजना हुने एसियन गेम्स र बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा थाइल्यान्ड भ्रमणमा रहेको नेपाली यु–२३ टिमले आज थाइल्यान्डको यु–२३ टिमसँग दोस्रो अभ्यास खेल खेल्दैछ ।
खेल थाम्मासत युनिभर्सिटी मैदानमा दिउसो २ः४५ बजेपछि शुरु हुनेछ । नेपाल आफ्नो पहिलो अभ्यास खेलमा स्थानिय टोली पुलिस टेरोको ‘बी’ टिमसँग १–० ले पराजित भएको थियो । खेलको ३९ औं मिनेटमा सुमन अर्यालले आत्मघाती गोल गरेपछि नेपाली युथ टोली पराजित हुन पुगेको थियो ।
आजको खेलमा एसियाड फुटबललाई कप्तानको जिम्मेवारी पाएका गोलरक्षक किरण चेम्जोङ खेल्न सक्नेछन् । भिसा समस्याका कारण किरण बुधबार मात्र थाइल्यान्ड पुगेका थिए । उनको अनुपस्थितिमा मिडफिल्डर विशाल राईले यु–२३ को कप्तानी गरेका थिए । नेपाली टोली एक साताअघि थाइल्यान्ड पुगेको थियो ।
थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा समूह ‘डी रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]