7 years ago
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्य अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रशिक्षकका रुपमा काम गर्ने नगर्ने विषयमा एन्फाको विशेष साधारण सभापछि मात्र निर्णय हुने भएको छ । विशेष साधारण सभा साउन ३० गते चितवनमा हुने एन्फाले जनाएको छ ।
एन्फा पदाधिकारी र शाक्यबीच शुक्रबार भएको छलफलमा यस्तो सहमति भएको दुवै पक्षले बताएका छन् । प्रशिक्षकमा करार रहेकै अवस्थामा एन्फाले विना सुचना हटाएको भन्दै सञ्चारमाध्यममा व्यापक आलोचना भएपछि एन्फाले शाक्यलाई छलफलका लागि भन्दै तीन दिन भित्र उपस्थित हुन बिहीबार पत्र पठाएको थियो ।
छलफलमा एन्फातर्फबाट उपाध्यक्षद्वय पंकज नेम्बाङ, कृष्ण थापा, सह महासचिव अरुणमान जोशी र प्रवक्ता किरण राई सामेल थिए । ‘छलफल भयो । साधारण सभापछि थप छलफल गर्ने सहमति भएको छ, शाक्यले भने,‘ मेरो भन्दा तपाईहरुको गल्ति छ भनेर मैले राखे । तपाईहरुले मलाई नियतवश नहटाएको भए, राष्ट्रिय टोलीको प्रशिक्षकमा अर्को व्यक्ति नियुक्त गरेका छौं पनि भन्न सक्नु हुन्थ्यो । कसलाई कुन टिमको जिम्मेवारी दिने एन्फाको अधिकारको विषय हो । मलाई राख्नु भएन भन्ने गुनासो छैन । प्रतिशोधमा काम गर्नु भएन भन्ने मेरो भनाई राखे ।’
वैशाख २२ गते निर्वाचित कार्यसमितिको शुक्रबार आयोजित पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता राईले पनि शाक्यका विषयमा एन्फा र उनीबीच केहि अविश्वास र शंका रहेको स्वीकारे । ‘कम्युनिकेसनमा ग्याप रह्यो । अविश्वास र आशंका भएको दुवै पक्षलाई बोध भएको छ । स्वच्द्ध रुपमा छलफल अघि बढेको छ,’ उनले भने,‘ अध्यक्ष, महासचिव ज्यू फर्केपछि फेरि छलफल गर्ने सहमतिमा आजको कुराकानी टुंगाएका छौं ।’
राईले शाक्यलाई सञ्चारमाध्यममा आएको जस्तो नहटाइएको जिम्मेवारी हेरफेर मात्र गरिएको दाबी गरे । हेरेफेरपछि कुन टोलीको जिम्मेवारी दिएको भन्नेमा भने राईले जवाफ दिएनन् ।
निर्वाचनका कारण केहि अस्पष्टता रहेपनि परिणामकै आधारणमा शाक्यमाथि विभेद गर्न नखोजिएको राईले बताए । ‘उहाँलाई प्रशिक्षकका रुपमा करारमा नियुक्ती दिएको छ । एन्फाले जुन सुकै टिममा पनि उहाँलाई राख्न सक्छ,’ उनले थपे,‘उहाँले यसअघि हेर्दै आउनु भएको जिम्मेवारीमा बालगोपाल महर्जनलाई राखेका मात्र हौं । हटाएको होइन जिम्मेवारी हेरफेर मात्र हो ।’
राईले दुवै पक्षमा केहि समस्या रहेका कारण यो परिस्थिति सृजना भएको स्वीकार गरे । ‘हामी दुवै पक्षले सुचना दिएनौं,’ उनले थपे,‘उहाँले पनि मैले के गर्ने सोध्नु भएन । हामीले पनि तपाई यो गर्नुस् भनेनौं । त्यहि कमजोरी रह्यो ।’
शाक्यले छलफल हुनुलाई आफुले सकारात्मक रुपमा लिएको जनाउँदै भने,‘ म करारमै थिए भन्ने उहाँहरुको भनाई हो भने म एन्फा नजादा स्पष्किरण लिने अधिकारी पनि थियो । उहाँले कुनै कार्यक्रम वा अन्य केहिमा कहिले खबर गर्नुभएन । म पनि गइन ।’
राष्ट्रिय टोलीका पूर्व कप्तान शाक्यले नेपालले सन् १९९८ र १९९३ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दाका सदस्य हुन् । दुवै स्वर्ण पदक जित्ने टोलीमा रहेका दुई मध्येका शाक्य खेलाडी हुन् । अर्का पूर्व खेलाडी उमेश प्रधान अहिले अमेरिकामा छन् । १९९३ मा नेपालले स्वर्ण पदक जित्दा शाक्य कप्तान थिए ।
खेल जीवनपछि लगातार प्रशिक्षणमा रहेका शाक्य नेपालले एएफसी सोलिडारिटी कप जित्दा प्रशिक्षक दिए । त्यस्तै उनकै प्रशिक्षणमा नेपाली यू २३ टोलीले भारतमा दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]