default_image

7 years ago

August 10, 2018

लिगको विषयमा पुर्नविचार हुदैन

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसन विनाको लिगमा कुनै पूर्नविचार नहुने बताएका छन् । एन्फाको सुचना कमिटिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रेलिगेसन विनाको लिगका लागि प्रक्रिया अघि बढिसकेका कारण पुर्नविचार नहुने स्पष्ट पारेका हुन् ।

एन्फाको सुचना समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता किरण राई (बायाँ) र समितिका सह संयोजक बद्री भट्टराई । तस्बिर : विवेक सुवेदी /हाम्रो खेलकुद

‘हामीले नेपालमा फुटबल शुन्य रहेको अवस्थामा यसपटक रेलिगेसन विनाको लिग गर्न बाध्य बनेका हौं । यसबारेमा हामीले फिफा र एफसीसँग पनि कुरा गरिसकेका छौं ’ एन्फामा नयाँ कार्यसमिति निर्वाचन भएयताको पहिलो पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता किरण राईले भने, ‘क्लबहरु पनि खेल्न सहमत भएका छन् । हामी लिगको मर्मलाई मर्न दिदैनौं । यसबारे हामीले अध्ययन गरिरहेका छौं ।’एन्फा निर्वाचन वैशाख २२ गते भएको थियो ।

यस्तै प्रवक्ता राईले नेपालमा फुटबल नभइरहेको अवस्थामा रेलिगेसनविनाको लिगको शुरुवात सकरात्मक पाटो रहेको पनि बताए । छलफल सकरात्मक एन्फाका प्रवक्ता राईले राष्ट्रिय टिमका पुर्व प्रशिक्षक राजुकाजी शाक्य र एन्फाको छलफल सकरात्मक रहेको बताएका छन् ।

विना कुनै जानकारी राष्ट्रिय टिमको प्रशिक्षकबाट हटाइएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि एन्फा र पूर्व प्रशिक्षक शाक्यबीच शुक्रबार छलफल भएको थियो । ‘हामीले प्रतिशोध साँधेर उहा (राजु) लाई प्रशिक्षक पदबाट हटाएका हैनौ । जिम्मेवारी हेरफेर मात्रै भएको हो । एन्फामा नयाँ नेतृत्व आएपछि हामीबीच कम्युनिकेसन ग्याप भएकै हो ।’

एन्फा प्रवक्ता राईले भने, ‘यही ग्यापको बीचमा विभिन्न सञ्चार माध्यममा समाचार बन्न पुग्यो । आज छलफल सकरात्मक भएको छ । उहाँ कुनै न कुनै जिम्मेवारीमा रहनेछ ।’

यस्तै एन्फा प्रवक्ता किरण राईले फिफा कंग्रेसमा वैदेशिक विभागका नवीन पान्डेको विषयमा पनि स्पष्ट पारेका छन् । उनी फिफा कंग्रेसमा नेपालबाट प्रतिनिधि भएर मात्रै गएका हुन् ।

एन्फाका अध्यक्ष नै गएको फिफा कंग्रेसका उनले त्यहा कुनै जिम्मेवारी नलिएको स्पस्ट पारे । यस्तै एन्फाले नयाँ नेतृत्वमा आएपछिको पछिल्लो तीन महिनाको कार्यकालमा भएका प्रगति विवरण उल्लेख गरेका छन् ।

एन्फा नयाँ नेतृत्वमा आएपछिका एन्फाले गरेका प्रतियोगिता र कार्यक्रमहरु तथा भावी योजना र कार्यक्रम 

राष्ट्रिय

–ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता

–एन्फा कप इन्टर स्कुल फुटबल प्रतियोगिता –उपराष्ट्रपति कप महिला फुटबल लिग छनोट र लिग

–राष्ट्रिय रेफ्री कोर्स

–एन्फाको विशेष साधरण सभा (३० साउनमा चितवनमा हुने)

-श्हिद स्मारक ‘ए’ डिभिजन लिग (असोज १३)

अन्तर्राष्ट्रिय

–साफ यु–१५ महिला फुटबल च्याम्पियनसिप (थिम्पु)

–राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण –एसियन गेम्स (जाकार्ता) –साफ च्याम्पियनसिप (बंगलादेश)

–एएफसी यु–१६ महिला च्याम्पियनसिपको छनोट २०१९ (काठमाडौं)

–४६ औं एसियन स्कुल फुटबल यु–१८ (आग्रा)

–साफ यु–१८ महिला फुटबल च्याम्पियनसिप (भुटान)

–यु–१५ ब्वाइज च्याम्पियनसिप (काठमाडौं)

–एएफसी यु–१९ महिला फुटबल च्याम्पियनसिप (थाइल्यान्ड)

–राष्ट्रिय महिला टिमको ओलम्पिक क्वालिफयर्स

–महिला फुटबल एकडेमी (रौतहट)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.