7 years ago
August 10, 2018
म्यानेचस्टर (एजेन्सी)– विश्व विजेता फ्रान्सका खेलाडी पाउल पोग्बाको युभेन्टस र बार्सिलोनासंग सम्बन्धित खबरका बाबजुत म्यानचेस्टर युनाइटेडमा खुसी रहेको प्रशिक्षक जोजे मौरिन्होले बताएका छन् ।
विश्वकप फुटबलमा फ्रान्सलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका पोग्बा सोमबारबाट युनाइटेडको अभ्यासमा फर्किएका हुन् । युनाइटेडले प्रिमियर लिग अन्तर्गत पहिलो खेल शुक्रवार लिसेस्टर सिटिसंग खेल्दैछ।
अगष्ट ३१ सम्म चल्ने खेलाडी ट्रान्सफर विन्डोमा बार्सिलोनाले पोग्बामाथि रुची दखाएको खबर बाहिर आएको छ। पछिल्लो केहि दिनमा इटालियन क्लब युभेन्ट्स समेत पोग्बाको लागि परश्रिम गरिरहेको खबर बाहिरिएको हो। यद्दपी युनाइटेड भने पोग्बालाई छाड्ने मनसायमा नरहेको मौरिन्होले बताए। शुक्रबारको खेलमा पोग्बा नखेल्ने संकेत समेत मौरिन्होको थियो।
पत्रकार सम्मेलनमा मौरिन्होले भने, ‘पोग्बा युनाईटेडमा रहन खुसि र गौरवान्वित छन् । सोमबार, मंगलवार र बुधवार उनले धेरै कडा अभ्यास गरे। उनी एक त्यस्ता खेलाडीहुन् जसको शारीरिक र मानसिक तयारीको म धेरै चर्चा गर्छु।’
लिसेस्टर विरुद्धको खेलका बिषयमा बोल्दै उनले थपे, ‘ हामी आफुसंग भएको सबै थोक खेलमा सुम्पने छौं र हेर्ने छौँ यदि १० मिनेट, २० मिनेट वा आधा घण्टामा खेल आफ्नो पक्षमा पर्न सक्छौं भनेर। ’
यस पटकको ट्रान्सफर विन्डोबाट एक मध्य पंक्तिका डिफेन्डर भित्राउन चुकेको युनाइटेडका प्रशिक्षक यसबाट चिन्तित छन्। युनाइटेडले एट्लेटिको म्याड्रिडबाट डिएगो गोडीन लिने प्रयास गरेपनि सो प्रयास असफल बनेको थियो।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]