default_image

7 years ago

August 11, 2018

प्रिमियर लिगमा युनाइटेडको विजयी शुरुवात

134 views

0 Bookmark

ओल्डट्राफोर्ड (एजेन्सी) – शुक्रबारबाट शुरु भएको युरोपेली क्लब लिग फुटबल अन्र्तगतको सबैभन्दा लोकप्रिय लिग इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको लिगको पहिलो खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । युनाइटेडको जितमा पल पोग्वा र लुका साले गोल गरे । लेस्टरका जेमी भार्डीले एक गोल फर्काए ।

युनाइटेडले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाउन सफल भएको थियो । पल पोग्वाले पेनाल्टीमार्फत गोल गर्न सफल भएको थियो । आफैले डि–बक्समा बल क्रस गर्दा लेस्टरका अमारटेले ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । जसमा टिमको कप्तानी गरिरहेको पोग्वा चुकेनन् । १–० ले पछि परेपछि लेस्टरले युनाइटेडमाथि दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पहिलो हाफ १–० मा सकिएको थियो ।

दोस्रो हाफमा पनि युनाइटेडमाथि लेस्टर हावी बनेको थियो । तर, ८३ औं मिनेटमा लुका सा ले गोल गरेपछि युनाइटेड २–० ले अघि बढेको थियो । माटाले दिएको चिप पासमा लुकाले सहजै गोल गरेको थियो । इन्जुरी समयमा जेमी भार्डीले गोल गरेपनि त्यो लेस्टरको जिताउन पर्याप्त बनेन । युनाइटेडले २–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । प्रिमियर लिग अन्र्तगत आज ६ खेल हुदैछ ।

प्रिमियर लिगमा आजको खेलहरु
१. न्युक्यासल युनाइटेडविरुद्ध टोटनह्याम हस्टपर (साँझ ५ः१५ बजे)
२.बोर्नामाउथविरुद्ध कार्डिफ सिटी (साँझ ७ः४५ बजे)
३. फुलह्यामविरुद्ध क्रिस्टल प्यालेस (साँझ ७ः४५ बजे)
४.हडर्सफिल्ड टाउनविरुद्ध चेल्सी(साँझ ७ः४५ बजे)
५. वाटफोर्डविरुद्ध ब्रिङटोन एन्ड अल्वियोन(साँझ ७ः४५ बजे)
६. वल्भरह्याम्टन वन्डरर्सविरुद्ध एभर्टन (राति १०ः१५ बजे)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.