7 years ago
August 11, 2018
थिम्पु (हाम्रो खेलकुद) – साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । भुटानको थिम्पुमा जारी साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो खेल हो भने पाकिस्तानको दोस्रो खेल हो ।
खेल चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ ।
उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानलाई निराश पार्दै सुखद शुरुवात गर्ने योजनामा हुनेछ । नेपाली टिमकी मुख्य प्रशिक्षक गंगा गुरुङले अघिल्लो वर्ष बंगलादेशमा भएको प्रदर्शनलाई बिर्सदै यसपटक राम्रो प्रदर्शन गर्ने बताएकी छिन् । ‘हामीले अघिल्लो सिजन अपेक्षाकृत प्रदर्शन गर्न सकेनौ । यसपटक टिममा सुधार आएको छ ।’ प्रशिक्षक गुरुङले भनिन्, ‘नियमित प्रशिक्षण पाइरहेका कारण यसपटक खेलाडीमा उच्च मनोवल रहेको छ । खेलमा हारजित आफ्नो ठाउमा रहनेछ । तर, भुटानमा नेपाली चेलीको प्रदर्शन उच्च रहनेछ ।
पाकिस्तान आफ्नो पहिलो खेलमा बंगलादेशसँग १४–० को फराकिलो गोल अन्तरमा पराजित भएको थियो । पहिलो खेलमा पराजित भएको पाकिस्तान दोस्रो खेलमा नेपाललाई पराजित गर्ने योजनामा हुनेछ ।
नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]