7 years ago
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानपछि थाइल्यान्ड र म्यानम्यारको राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । नेपाल र अफगानिस्तानका राष्ट्रिय फुटबल टोलीबीच कात्तिक २६ (नोभेम्बर १४) मा मैत्रीपूर्ण खेल आयोजना हुने पक्का भइसकेको जानकारी दिदै अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले थाइल्यान्ड र म्यानमारलाई पनि मैत्रीपूर्ण खेलका लागि बोलाउने तयारी भइरहेको जानकारी दिए ।
नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने तय भइसकेको छ , उनले शुक्रबार एन्फामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यसपछि डिसेम्बरमा थाइल्यान्ड र त्यसपछि म्यानमार आउने विषयमा छलफल अघि बढिरहेको छ । केहि समयपछि यस विषयमा टुंगो लाग्नेछ । नेपाली टोलीलाई अन्य मुलुक पठाएर भन्दा नेपालमै मैत्रीपूर्ण खेल आयोजना गर्ने योजना अनुरुप छलफल अघि बढाइएको एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार नवीन पाण्डेले बताएका छन् ।’
अफगानिस्तान फुटबल संघको प्रस्तावमा मैत्रीपूर्ण खेल हुन लागेको र त्यसलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता लिनका लागि एएफसीमा पत्रचार गरिसकेका छौं, पाण्डेले भने, केहि दिनमा जवाफ आउला । अरु तयारी अघि बढिसकेको छ । अफगानिस्तान फुटबल टोली ५ वर्षपछि नेपाल आउन लागेको हो । सन् २०१३ मा साफ च्याम्पियसिपका लागि नेपाल आउँदा अफगानिस्तान टोली पहिलो पटक च्याम्पियन बनेको थियो ।
त्यति बेला दशरथ रंगशालामा नेपाललाई सेमिफाइनलमा हराउँदै अफगानिस्तान फाइनल पुगेको थियो । रोहित चन्दले रि टेक पेनाल्टीमा पनि गोल गर्न चुकाएपछि नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने अवसरबाट बञ्चित भएको थियो । जसका कारण रोहित निकै आलोचित बनेका थिए । फाइनलमा टोलीले भारतलाई हराएको थियो । अहिले भने अफगानिस्तान साफ च्याम्पियनसिपबाट अलग भइरहेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]