7 years ago
August 12, 2018
रियो (एजेन्सी) – सुपरस्टार पेलेले ब्राजिलियन जोडी एलिस्सन र फिर्मिनोले लिभरपुललाई प्रिमियर लिग जिताउन भूमिका खेल्ने धारणा राखेका छन् । सन् १९८९/९० को सिजनपछि लिभरपुलले प्रिमियर लिग जित्न सकेको छैन।
जर्गेन क्लोप्पको प्रशिक्षणमा रहेको टोलीले गोलरक्षक एलिसन र नाबी केइटा, फाबिन्होसँगै साकिरीलाई भित्र्याएर आफुलाई मजबुत गर्ने प्रयास गरेको छ । एलिसनको आगमनसंगै लिभरपुलमा एकपटक पुनः दुई ब्राजिलियन खेलाडी भएका छन् । यसअघि फिलिप कौटिन्होले टोली छाडेपछि ब्राजिलियन फिर्मिनो मात्र लिभरपुलमा रहेका थिए।
यस सिजनको खेलाडी ट्रान्सफर विन्डोमा लिभरपुलले सबैभन्दा धेरै रकम खर्चिएको थियो । पछिल्लो सिजन चौथो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको लिभरपुलले च्याम्पियन म्यानचेस्टर सिटीको तुलनामा २५ अंक कम जोडेको थियो । यद्दपी यो सिजनमा भने दुई ब्राजिलियन खेलाडी एलिसन र फिर्मिनोको आगमनले लिभरपुललाई लिग जिताउने बुझाइ पेलेले राखेका छन् ।
सामाजिक संजाल ट्वीटरमा पेलेले लेखेकाछन्, प्रिमियर लिगको सुरुवात भएको छ। कसले जित्ला त यसपटक ? तपाइंलाई के लाग्छ ? मलाई लाग्छ यो लिभरपुल, एलिसन र फिर्मिनोको बर्ष हो । यसअघि पेलेले गरेका भविष्यबाणी भने धेरै पटक गलत साबित भएका छन् ।
उनले सन् २००० भन्दा अघि नै अफ्रिकी टोलीले विश्वकप जित्ने दाबी गरेका थिए। यस्तै निल लम्पटेलाई नयाँ पेलेको उपनाम समेत दिएका थिए । २००२ विश्वकपमा पेलेले अर्जेन्टिना र फ्रान्सलाई फाइनल पुग्ने दुई टोलीको अनुमान गरेपनि दुवै टोली सो प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएका थिए । लिभरपुलले यो सिजन प्रिमियर लिगको सुरुवात वेस्ट ह्याम विरुद्धको खेलबाट गर्दैछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]