default_image

7 years ago

August 11, 2018

टोटनह्यामलाई न्युक्यासलको चुनौती, चेल्सीको खेल पनि आजै

126 views

0 Bookmark

सेन्ट जेम्सपार्क (एजेन्सी) – इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारबाट सुरु भएको छ । क्लब फुटबलमा लोकप्रिय मानिने प्रिमियर लिगको पहिलो दिन उपाधिको दावेदार म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गर्दा आज उपाधिको अर्को दाबेदार मानिएको टोटनह्याम हस्टपरले न्युक्यासल युनाइटेडको सामना गर्दैछ ।

खेल न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्सपार्कमा नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । लिगको पहिलो चरणको खेलमा दुवै टोली खेललाई आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान ओर्लने छ । दुवै टोलीले पुराना खेलाडीलाई नै विश्वास गर्दै समर ट्रान्सफरमा खेलाडी किनबेचमा सक्रिय भएनन् ।

टोटनह्यामसँग विश्वविजेता फ्रान्सका गोलरक्षक ह्युगो लोरिस, गोल्डेन बुट विजेता इंग्ल्यान्डका ह्यारी केनजस्ता खेलाडीहरुको साथ छ । त्यसैले टोटनह्याम सहजै खेललाई आफ्नो पक्षमा पार्ने योजनामा हुनेछ । यता, न्यु क्यासुल घरेलु मैदानमा टोटनह्यामलाई स्तब्ध पार्ने अभियानमा हुनेछ । पछिल्लो १५ भेटमा टोटनह्याम न्युक्यसालमाथि हावी देखिएको छ ।

टोटनह्यामले ८ खेलमा जित हात पार्दा न्युक्यासले ५ खेलमा जित हात पार्न सफल भएको छ । दुई खेल भने बराबरीमा सकिएको छ । अघिल्लो सिजनको दुवै खेलमा टोटनह्याम विजयी हुन सफल भएको थियो । टोटनह्यामले पहिलो खलेमा २–० तथा दोस्रो खेलमा १–० को जित निकालेको थियो । अघिल्लो सिजन कमजोर प्रदर्शन गरेको चेल्सीले पनि आजै नयाँ सिजनको सुरुवात गर्दैछ । अवे खेलमा चेल्सीले हडस्र्फिल्डको सामना गर्नेछ ।

प्रिमियर लिगमा आजको खेलहरु 
१. न्युक्यासल युनाइटेडविरुद्ध टोटनह्याम हस्टपर (साँझ ५ः१५ बजे)
२.बोर्नामाउथविरुद्ध कार्डिफ सिटी (साँझ ७ः४५ बजे)
३. फुलह्यामविरुद्ध क्रिस्टल प्यालेस (साँझ ७ः४५ बजे)
४.हडर्सफिल्ड टाउनविरुद्ध चेल्सी(साँझ ७ः४५ बजे)
५. वाटफोर्डविरुद्ध ब्रिङटोन एन्ड अल्वियोन(साँझ ७ः४५ बजे)
६. वल्भरह्याम्टन वन्डरर्सविरुद्ध एभर्टन (राति १०ः१५ बजे)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.