default_image

6 years ago

August 11, 2018

जे लिगमा कोवीको जित, इनियस्टाको गोल

टोकियो (एजेन्सी)– जापनिज लिग फुटबलमा आन्द्रेस इनियस्टाको टोली भिसेल कोवी विजय भएको छ । शनिबार भएको खेलमा इनिस्टा सम्मिलित भिसेल कोवीले जुविलो इवाटालाई २–१ ले पराजित गरेको छ । जे लिगमा दोस्रो खेल खेलिरहेका इनियस्टाले पहिलो गोल गर्न सफल भए । घरेलु मैदान मिसाकी पार्क स्टेडियममा भएको खेलको १५ औं मिनेटमा इनिस्टाकै गोलमा भिसेल कोवीले […]

26 views

0 Bookmark

टोकियो (एजेन्सी)– जापनिज लिग फुटबलमा आन्द्रेस इनियस्टाको टोली भिसेल कोवी विजय भएको छ । शनिबार भएको खेलमा इनिस्टा सम्मिलित भिसेल कोवीले जुविलो इवाटालाई २–१ ले पराजित गरेको छ ।

जे लिगमा दोस्रो खेल खेलिरहेका इनियस्टाले पहिलो गोल गर्न सफल भए । घरेलु मैदान मिसाकी पार्क स्टेडियममा भएको खेलको १५ औं मिनेटमा इनिस्टाकै गोलमा भिसेल कोवीले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको भिसेलले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो ।

५६ औं मिनेटमा क्योगो फुरुहासीले गेल गर्दै अग्रता दोब्बर पारेका थिए । ८४ औं मिनेटमा जुविलो इवाटाका केङ्गो कावामाताले गोल गर्दै गोल अनतरमा २–१ मा झारेका थिए । जितसँगै भिसेल जे लिगको चौथो स्थानमा उक्लिएको छ ।

भिसेलको २१ खेलबाट ३४ अंक पुगेको छ । शीर्ष स्थानमा रहेको सानफ्रेसको २० खेलबाट ४८ अंक छ ।स्पेन तथा बार्सिलोनामा ३४ वर्षे पूर्व स्टार इनिस्टा यसै सिजन जे लिगमा अनुबन्ध भएका थिए । उनले बार्सिलोनामा २२ वर्ष बिताएका थिए ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.