7 years ago
August 12, 2018
बार्सिलोना (एजेन्सी) –बार्सिलोनाका रक्षक जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका छन् । बार्सिलोनाका पूर्व प्रशिक्षक रहेका स्पेनिस टोलीका प्रशिक्षक लुइस इनरिकेलाई पिकेले आफु टोलीमा नफर्कने बताएका छन् ।
समर्थक र सञ्चारमाध्यमको आलोचनाका कारण पिकेले विश्व कप २०१८ को छनोटका क्रममा सन् २०१६ अलबानियासँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबल छाड्ने संकेत गरेका थिए । बार्सिलोनामा जन्मेका पिकेले टोलीका अन्य साथीहरु र स्पेनका समर्थकबाट कहिले पनि खासै समर्थन पाएनन् ।
उनी काटलानको स्वतन्त्रताका पक्षमा प्रष्ट विचार राख्ने भएका कारणले पनि उनीसँग धेरै रुष्ट रहेको बताइन्छ । रसिया विश्व कपको समाप्तीपछि उनले सन्यासका विषयमा प्रष्ट पारेका थिएनन् । तर पछिल्लो महिना स्पेन टोलीका प्रशिक्षक नियुक्त भएका इनरिकेलाई उनले आफु नफर्कने जानकारी गराइसकेको बताइएको छ ।
‘केहि दिन अघि मैले प्रशिक्षक इनरिकेसँग कुरा गरेको थिए । ‘मैले उनलाई भने यो निर्णय अगाडि नै र सावधानी पूर्वक सोचेर लिएको बताए, उनले शनिबार भने, ‘राष्ट्रिय टोलबिाट खेल्दा गौरव लागेको छ । मैले यो टोलीबाट विश्व कप र युरोपियन च्याम्पियनसिप जितेको छु । अब म बार्सिलोनामा केन्द्रित हुन चाहन्छु । जति पनि समय खेल जीवन बाँकी रहन्छ म आनन्द लिन चाहन्छु । ‘
स्पेनका लागि १ सय २ खेल खेलेका पिकेले दुई वटा युरोपियन च्याम्पियनसिप र तीन वटा विश्व कप खेलेका थिए । स्पेनले सन् २०१० मा विश्व कप र त्यसको दुई वर्षपछि विश्व कप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]