7 years ago
August 12, 2018
बर्नबेउ (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ३९ औं सान्टियागो बर्नबेउ ट्रफी जितेको छ । स्पेनिस ला लिगा शुरु हुनुअघि रियलले हरेक वर्ष आफ्नै मैदानको नाममा आयोजना गर्ने ३९ आंै बर्नबेउ ट्रफीमा शनिबार राति इटालियन क्लब एसी मिलानलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।
रियललाई च्याम्पियन बनाउन करिम बेन्जिमा, ग्यारेथ बेल र बोर्जा मोयोरलले गोल गरे । एसी मिलानका गोन्जालो हिगुईनले एक गोल फर्काए । रियलले खेलको दोस्रो मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता बनाएको थियो । तर, यिरलको त्यो अग्रता दुई मिनेट पनि टिकेन ।
चौथो मिनेटमा यसै सिजन युभेन्टस्बाट एसी मिलान पुगेको अर्जेन्टिनाका गोन्जालो हिग्विनले बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा ग्यारेथ बेले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफको इन्जुरी समयमा बोर्जा मोयोराले गोल गर्दै टिमलाई ३–१ को सहज जित दिलाउदै च्याम्पिन बनाए । ‘बर्नबेउ ट्रफी जितेसँगै रियलले प्रि–सिजनको सुखद अन्त्य गरेको छ । इंग्लिस प्रिमियर लिग र फ्रेन्च लिग वान शुरु भैसकदा स्पेनिस ला लिगा भने १८ अगस्टबाट शुरु हुदैछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]