7 years ago
August 12, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो चरणको अन्तिम खेलमा आज राति तीन खेल हुदैछ । आज राति साविकको विजेता म्यानचेस्टर सिटीले आर्सनलको सामना गर्दैछ । खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा ८ः४५ बजेपछि शुरु हुनेछ ।
डिफेन्डिङ च्याम्पियन सिटी आर्सनललाई घरेलु मैदानमा पराजित गर्दै उपाधि रक्षा गर्ने अभियानलाई बलियो बनाउने योजनामा हुनेछ । पहिलो चरणका खेलमा उपाधिको दावेदार म्यानचस्टर युनाइटेड, चेल्सी र टोटनह्यामले सफलता हात पार्दा सिटी पनि आर्सनललाई पराजित गर्ने योजनामा हुनेछ ।
यता, नयाँ प्रशिक्षक युनाई इम्रीको प्रशिक्षणमा रहेको घरेलु टोली आर्सनल च्याम्पियन सिटीलाई स्तब्ध पार्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । यता, यो सिजन खेलाडी अनुबन्धमा मोटो रकम खचिएको लिभरपुलले वेस्टह्यामको सामना गर्दैछ ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेल साँझ ६ः१५ बजेपछि शुरु हुनेछ । लिभरपुल वेस्टह्यामलाई पराजित गर्दै प्रिमियर लिग सुखद शुरुवात गर्ने अभियानमा हुनेछ । वेस्टह्याम लिभरपुललाई स्तब्ध पार्ने रणनीतिमा मैदान उत्रनेछ । आजै साउथह्याम्पटन र बर्नलीबीच साँझ ६ः१५ बजे खेल हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]