7 years ago
August 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ) को सदस्यमा निर्वाचित भएका छन् ।
साउदी अरबको जद्धाहमा अगस्ट १२ मा बसेको स्वाफको पहिलो बैठकले शेर्पालाई सदस्यमा निर्वाचित गरेको हो । स्वाफको अध्यक्षमा पश्चिम क्षेत्रबाट डक्टर एडेल वि मोहम्मद निर्वाचित भए । उपाध्यक्षमा दक्षिण क्षेत्रबाट मोहम्म सावेदर अब्लुल्लाह अल जुजनैवी निर्वाचित भए । सदस्यमा महाफुजा अख्तर, अनुरा डि सिल्भा, अल्सिक अली कालिफा र फाहाद अल हमलान निर्वाचित भए । एक महिला सदस्यको पद भने रिक्त रहेको छ ।
सदस्यमा निर्वाचित भएससँगै नेपालले अब नेपालले साउथ वेस्ट एसियन फुटबल फेडेरेसनमा आबद्दता जनाउनेछ । यसअघि नेपाल महादेशिय स्तरमा एसियन फुटबल फेडेरेसन (एएफसी) र साउथ एसियन फुटबल फुटलब (साफ) मा आबद्धता रहेको थियो ।
स्वाफको बैठकमा नेपालबाट अध्यक्ष कर्माछिरिङ शेर्पासहित महासचिव इन्द्रमान तुलाधर र उपाध्यक्ष वीरबहादुर खड्का उपस्थित थिए ।
साउथ वेस्ट एसियन फुटबल फेडेरेसनमा १४ देशले सहभागिता जनाएका थिए । जसमा नेपाल सहित भारत, पाकिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलङ्का, बहराइन, साउदी अरब, कुबेत, इराक, यमन, युएई र ओमान रहेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]