default_image

7 years ago

August 12, 2018

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको विजयी शुरुवात

107 views

0 Bookmark

एनफिल्ड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरुवात गरेको छ । साविकको विजेता सिटीले आर्सनललाई उसकै घरेलु मैदानमा २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

सिटीको जितमा रहिम स्ट्रलिङ र बर्नाडो सिल्भाले समान एक गोल गरे ।  सिटीले १४ औं मिनेटमा रहिम स्ट्रलिङको गोलबाट अग्रता बनाउन पहिलो हाफमा सिटीले १–० को अग्रता बनाउन सफल भएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको ६४ औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए ।

बेन्जामिन मेन्डीको क्रस पासमा बर्नाडोले डि–बक्स भित्रबाट गरेको सशक्त प्रहार आर्सनलका गोलरक्षक पिटर चेकले रोक्ने कुनै मौका पाएनन् । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी २–० ले विजयी हुन सफल भयो । आर्सनलले पनि गोल गर्ने केही मौकाहरु खेर फाल्दा घरेलु मैदानमा पहिलो खेलमा पराजित हुन पुग्यो ।

प्रिमियर लिगकै अर्काे खेलमा साउथह्याम्टन र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यसअघि आजै लिभरपुलले वेस्टह्याममाथि ४–० को शानदार जित निकाल्दै प्रिमियर लिगमा विजयी शुरुवात गरिसकेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.