7 years ago
August 14, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
स्पेनका डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरेको एक दिन पछि नै सिल्भाल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको हो । सन्यासको घोषणा गर्दै सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु आफ्नो लागि निकै कठिन रहेको बताएका छन् । ‘मलाई स्पेनको राष्ट्रिय टिमबाट खेल्दा धेरै नै गौरवको महसुस हुन्छ । किनकि यहाँ मैले उत्कृष्ट समय बिताएको छु । सन्यासको निर्णय गर्नु मेरो करियरकै सबैभन्दा गाह्रो क्षण बनेको छ ।’ सन्यासपछि सिल्भाले भनेका छन् । उनले टिमलाई सधै सम्झिरहने पनि बताएका छन् ।
१५ नोभेम्भर २००६ मा रोमानियाविरुद्धको खेलबाट स्पेनको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका ३२ वर्षीय सिल्भाले १२५ खेल खेल्दै ३५ गोल गर्न सफल भएका छन् । त्यसयता सिल्भा टिमका नियमित सदस्य बनेका थिए । स्पेनले २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]