10 years ago
August 27, 2015
अखिल नेपाल फुटबल संघ, फिफा र राष्ट्र खेलकुद परिषदको संलग्नतामा च्यासल खेल मैदानलाई १५ महिना भित्र अन्तरास्ट्रिय स्तरको बनाउने सम्झौता भएको छ|
सातदोबाटो स्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भयो| नेपाल सरकारका तर्फबाट बोल्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकार निर्माण पक्षमा सकारात्मक भएको बताउनुभयो| “नेपालमा अन्तराष्ट्रिय स्तरको खेलमैदानको कमी भएकाले सरकार यो कामका लागि जे पनि गर्न तयार छ”, मन्त्री पौडेलले भन्नुभयो|
कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष तथा संविधानसभाका सदस्य गणेश थापाले फिफाबाट पनि सहयोग आउने जानकारी दिनुभयो| “फिफाले टर्फ, पानी व्यवस्थापन तथा फ्लड लाइट सम्बन्धित क्षेत्रमा पुर्ण सहयोग गर्नेछ| प्रारम्भिक अनुमान लगाउदा दश देखि पन्ध्र हजार दर्शक अट्ने उच्चस्तरिय मैदान बन्ने बिश्वास लिएका छौं| “, थापाले बताए|
प्याराफिट निर्माण र अन्य व्यवस्थापनमा करिब १० देखि १५ करोड खर्च हुने कुरा पनि कार्यक्रममा जानकारी दिइयो|
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]