default_image

7 years ago

August 28, 2018

च्याम्पियन्स लिग जित्ने सम्भावना बोकेका ७ टोली

144 views

0 Bookmark

पछिल्लो केहि वर्षयता युईएफए च्याम्पियन्स लिगलाई रियल म्याड्रिडले आफ्नो नाममा गर्न सफल रहेको छ । लगातार ३ वर्ष प्रतियोगिता जित्नु बीई ठूलो सफलता हो । यस सिजन भने धेरै टोलीले नयाँ खेलाडी थप्दै च्याम्पियन्स लिग जित्नु आफ्नो मुख्य लक्ष्य बनाएका छन् । त्यसमध्य सबैभन्दा ठूलो विषय क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स ट्रान्सफर रहेको छ। यस प्रकारको खेलाडी ट्रान्सफरले च्याम्पियन्स लिगको सम्भावना र समीकरणलाई समेत असर गरेको छ। यी हुन् च्याम्पियन्स लिग जित्न सक्ने ७ टोली :

७) बायर्न म्युनिख :

गत सिजन समेत उत्कृष्ट प्रदर्शन गरेको बायर्नले च्याम्पियन्स लिगमा विजेता बनेको टोलि रियल म्याड्रिडविरुद्ध हार बेहोरेको थियो । सेमिफाइनलमा रियलले बायर्नलाई समग्रमा ४-३ अन्तरले पराजित गरेको थियो । तर नयाँ सिजनको सुरुवातसँगै बायर्नले च्याम्पियन्स लिगमा जित दर्ता गर्ने अर्को आशा बुनेको छ । रोबर्ट लेवान्डोस्की जर्मन टोलीमा रहने भएसँगै बायर्नको जितको सपना अझ बलियो बनेको छ ।

६) लिभरपुल :

पछिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेको लिभरपुल जित बाट एक जित टाढा आइपुगेको थियो । आफ्नो आक्रामक खेलको लागि चिनिने लिभरपुलले खेल शैलीकै कारण पोर्टो, म्यानचेस्टर सिटि र रोमा जस्ता टोलीलाई हराएको थियो । यस सिजन समेत टोलीमा मोहम्मद सलाह, जेर्डान साकिरी, फाबिन्हो जस्ता खेलाडीको उपस्थितिले टोलि अझ सशक्त देखिएको छ । क्लोपको प्रशिक्षणमा रहेको टोली आफ्नो गत सिजनको लयलाई पुनः दोहोर्याउने दाउमा हुनेछ।

५) रियल म्याड्रिड :

च्याम्पियन्स लिगको साविक विजेता रियल म्याड्रिडबाट फेरिपनि ठूलो आशा राखिएको छ । कुनै टोलीलाई १ पटक उपाधि जित्न गाह्रो परिरहेको अवस्थामा रियलले भने पछिल्ला ५ वर्षमा ४ उपाधी हात पारेको छ । तर यसपटक भने आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको अभाव टोलीलाई पक्कैपनि खड्किने छ । ट्रान्सफर विन्डोमा थोरै समय बाँकी रहँदा समेत रियलले रोनाल्डोको स्थानमा कसैसँग सम्झौता गरेको छैन । एटलेटिको म्याड्रिड विरुद्धको सुपर कपको खेललाई हेर्ने हो भने रियलले च्याम्पियन्स लिग जित्न धेरै मेहेनत गर्नु पर्नेछ ।

४) म्यानचेस्टर सिटि :

सन् २०१७-१८ को प्रिमियर लिग च्याम्पियन टोलीले गत सिजन च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरेको थियो । पेप ग्वार्डीओलाको प्रशिक्षणमा टोलीले यसपटक भने च्याम्पियन्स लिग जित्ने सपना देखेको छ । पछिल्लो सिजन सिटि च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको थियो । आफ्नो टोलीमा केहि उत्कृस्ट स्ट्राइकरको समुह रहेको सिटिले च्याम्पिन्स लिग जित्न सक्ने टोली तयार गरेको छ ।

३) पेरिस सेन्ट जर्मन :

युरोपमा आफ्नो उत्कृस्ट टोली भएपनि पेरिस टोलीले च्याम्पियन्स लिगमा राम्रो छाप छाड्न सकेको छैन । पछिल्लो सिजन समेत उपाधि विजेताको रुपमा हेरिएको टोलीले राउण्ड अफ १६ मा रियल म्याड्रिडसँग रोकिएको थियो। आक्रमण मजबुत देखिएको पेरिसमा नेईमार, एम्बाप्पे र काभानीजस्ता खेलाडीको उपस्थिति रहेको छ । सन्तुलित टोली रहेको पेरिसको यस सिजन डिफेन्स र मिडफिल्ड समेत उत्तिकै बलियो देखिन्छ ।

२) युभेन्ट्स:

यस सिजनको उपाधि दावेदार मानिएको युभेन्ट्समा क्रिस्टियानो रोनाल्डोको आगमनसँगै अझ नयाँ उर्जा थपिएको छ । टोलीमा स्टार स्ट्राइकरको आगमनले टोलीको मजबुत पक्ष अझ धेरै सबल बनेको छ । पछिल्लो ५ सिजनमा दुई पटक फाइनल पुगेको यूभेन्ट्सले दुवै पटक हार बेहोरेको थियो । यस सिजनभने युभेन्ट्सले च्याम्पियन्स लिग जित्ने ठूलो सपना बोकेको छ र अल्लेग्रीको टोलीले यो साकार बनाउने धेरैको बुझाइ छ ।

१) बार्सिलोना

गत सिजन रोमाविरुद्ध क्वार्टरफाइनलमा हार बेहोरेको टोली बार्सिलोना यस सिजनभने सुदृढ प्रदर्शन गर्ने दाउमा रहने छ । बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्डे आफ्नो गल्तिबाट पाठ सिकेको र सो दोहोर्याउन नहुने बुझेका छन् । जेरार्ड पिके र सामुएल उम्टिटीको नेतृत्वमा बार्सिलोनाको रक्षापंक्ति मजबुत रहेको छ । जोर्डी अल्बा र सर्जियो रोबेर्टो समेत राम्रो लयमा देखिएका छन् । टेर स्टेगेनको बिषयमा बोल्न जरुरि नरहँदा बार्सिलोनाको आक्रमण पछिल्लो १० वर्षकै उत्कृष्ट देखिएको छ । टोलीमा माल्क्म, आर्थर, भिडाल जस्ता खेलाडीको आगमनसँगै बार्सिलोनाको उपाधी जित्ने सपना साकार हुनसक्छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.