7 years ago
August 20, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ । गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस जाइन्ट रियलले विजयी शुरुवात गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जिताउन ग्यारेथ बेल र डेनी कार्भाहलले गोल गरे ।
२० औं मिनेटमा कार्भाहलको हेड गोलमार्फत रियलले खेलमा अग्रता बनाएको थियो । मैदानको बायाँ भागबाट बेलले क्रस गरेको बललाई गेटाफेका गोलरक्षक डेभिड सोरियाले पञ्च गरेको फालेको बललाई कार्भाहलले सुन्दर हेडरमार्फत गोल गर्न सफल भएको थियो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । ५१ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियलको अग्रता दोब्बर पार्यो । यसपटक अघिल्लो गोलको लागि अवसर सिर्जना गरेका बेलले मार्काे एसेन्सियोको पासमा डि–बक्सभित्रबाट गोल गरेका थिए । ५३ औं मिनेटमा एसेन्सियोको प्रहार बारमा लाग्दा रियलले गोल अन्तर बढाउने अवसर गुुमायो ।
गेटाफेविरुद्ध खेलमा पकड जमाएपनि थप गोल गर्न नसक्दा रियलले २–० को जित निकाल्न सफल भयो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]