default_image

7 years ago

August 21, 2018

लिभरपुलको लगातार दोस्रो जित

90 views

0 Bookmark

क्रिस्टल प्यालेस (एजेन्सी) – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० पराजित गर्दै प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो ।

लिभरपुलको जितमा जेम्स मिल्नर र साडियो मानेले गोल गरे । सेलहस्र्ट पार्कमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विवादास्पद पेनाल्टीबाट लिभरपुलले अग्रता बनाएको थियो । ४५औं मिनेटमा लिभरपुलकै पूर्व डिफेन्डर साकोले मोहम्मद सलाहलाई डि–बक्समा लडाएको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिएको थियो । जसमा जेम्स मिल्नर चुकेनन् ।

र पहिलो हाफमा लिभरपुल खेलमा १–० ले अघि बढ्यो । दोस्रो हाफमा पनि लिभरपुलले खेलमा पकड जमाएपनि गोल गर्नको लागि ९०औं मिनेट नै कुर्नुपरेको थियो । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सलाहको चलाखीपूर्ण पासमा मानेले काउन्टर एट्याकमा एक रक्षकलाई बिट गर्दै गोल गर्न सफल भए ।

लिभरपुललाई २-० को जित दिलाए । खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको लिभरपुलले पहिलो खेलमा वेस्टह्यामाथि ४–० को प्रभावशाली जित निकालेको थियो । जितसँगै लिभरपुल दुई खेलबाट ६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ । म्यानचेस्टर सिटी गोल अन्तरमा शीर्ष स्थानमा छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.