default_image

7 years ago

August 28, 2018

बजार भाउ अनुसार विश्वको सबैभन्दा महँगो टोली

140 views

0 Bookmark

अहिलेको समयमा फुटबलरहरुलाई धेरै महँगो मूल्य चुकाएर क्लबमा लिने प्रचलन छ। नेयमार र एम्बाप्पेको पेरिस सेन्ट जर्मनको ट्रान्सफर, कौटिन्होको बार्सिलोना ट्रान्सफर र रियल म्याड्रिडबाट रोनाल्डोको युभेन्ट्स ट्रान्सफरले सबैलाई चकित तुल्यायो।

यस सिजनको समर ट्रान्सफर विन्डोमा युरोपका शीर्ष ५ लिगका क्लबहरुले झन्डै ४ बिलियन युरो खर्चिसकेका छन् । यसैलाई मध्यनजर गर्दै आज हामी वर्तमान सिजनका ११ महँगा खेलाडीहरुको सुची तयार गर्दैछौँ :

१) डेभिड डी जिया / गोलरक्षक (म्यानचेस्टर युनाईटेड) : ( बजार भाउ ६३ मिलियन युरो )

रुसमा समपन्न विश्वकप फुटबलमा आशा गरे अनुरुप प्रदर्शन गर्न नसकेपनि डेभिड डी जिया बर्तमान समयमा सर्वाधिक रुचाइएका गोलरक्षक हुन्। सन् २०११ मा युनाईटेडमा आउँदा उनीमा केहि खास नदेखिएपनि टोलीले दिएको बिश्वास र प्रेरणामा उनी एक सफल गोलरक्षक सावित भैसकेका छन्। २७ बर्षीय डेभिडले युनाईटेडमा गरेको प्रदर्शनकै आधारमा उनलाई सफल मानिएको हो ।

२) डानी कार्भाजल / राइट ब्याक (रियल म्याड्रिड) : ( बजार भाउ ५४ मिलियन युरो )

carvajal

रियल म्याड्रिड युवा एकेडेमीका उत्पादन कार्भाजल सन् २०१२ मा रियल म्याड्रिड “बी” बाट बायर्न लेभरकुसन गएका थिए। एक सिजनको बसाइपछि उनी पुनः रियल फर्किए । उनको आगमनपछि आफूलाई रियलको सुरुवाती ११ को सदस्य बनाइसकेका छन् र रियलको जितको यात्राको एक एभिन्न अंग समेत बनेका छन् । उनी एक राइट ब्याक मात्र नभई रियलको आक्रमण बुन्नमा सहयोग पुर्याउने खेलाडी समेत हुन् ।

३) राफाएल भराने / सेन्टर ब्याक (रियल म्याड्रिड) : ( बजार भाउ ७२ मिलियन युरो )

भराने वर्तमान विश्व फुटबलमा नै उत्सुकतापूर्वक हेरिएक खेलाडी हुन् । आफ्नो रियलसँगको छोटो यात्रामा नै उनले धेरै सफलता हात पारिसकेका छन् । रियलमा उनले स्पेनका कप्तान रामोसको राम्रो साथ निभाएका छन् । रामोस र भरानेको जोडी रक्षापंक्तिमा हुँदा रियल अझ सशक्त टोली बनेको छ । रुसमा सम्पन्न विश्वकपको उत्कृष्ट प्रदर्शन पछि उनी सर्वाधिक रुचाइएका डिफेन्डर बनेका छन् ।

४) सामुएल उम्टिटि / सेन्टर ब्याक (बार्सिलोना) : ( बजार भाउ ६३ मिलियन युरो )

फ्रान्सेली क्लब लियोन छाडेर बार्सिलोना आएका उम्टिटिको बजार भाउ रुसमा सम्पन्न विश्वकप जितेपछि झनै धेरै बढेको छ । उनी विपक्षी खेल धेरै छिटो बुझ्ने खेलाडीका रुपमा चिनिन्छन् । यी सबै गुणकै कारण उनी बार्सिलोनाको डिफेन्समा एक अभिन्न अंग बनिसकेका छन् ।

५) जोर्डी अल्बा / लेफ्ट ब्याक (बार्सिलोना) : ( बजार भाउ ५४ मिलियन युरो )

लुईस एन्रिएकेको ३ डिफेन्स सिद्दान्तमा टोलीमा छायाँमा परेका अल्बा भाल्भार्ड़ेको प्रशिक्षणमा पुन: उदाएका छन् । कार्भाजल र मार्सेलो जस्तै अल्बा पनि टोलीको डिफेन्सलाई आक्रमणमा परिणत गर्न माहिर छन् । २९ बर्षीय उनी यस सिजन म्यानचेस्टर युनाईटेड जाने खबर समेत बाहिरिएको थियो । पछिल्लो सिजन खेलेका २९ खेलमा उनले २ गोल गरेका थिएभने ३७ पटक गोलको अवसर सिर्जना हुने पास उपलब्ध गराएका थिए ।

६) पौल पोग्बा / सेन्टर मिडफिल्ड (म्यानचेस्टर युनाईटेड) : ( बजार भाउ ८१ मिलियन युरो )

आफ्नो पुरानो टोलीले पोग्बालाई छोड्ने निर्णय सायद सबैभन्दा ठुलो गल्ती थियो । त्यससमय सर्वाधिक मूल्य चुकाएर पोग्बालाई आफ्नो टोलीमा लिने म्यानचेस्टर युनाईटेडको निर्णय सहि सावित हुन गयो । अहिलका लागि पोग्बा विश्वकै उत्कृस्ट मिडफिल्डर मध्यमा रहेका छन् । उनकै राम्रो प्रदर्शनले  यस सिजन बार्सिलोना जान सक्ने खबर समेत बाहिरिएको छ ।

७) सर्गेज मिल्न्कोभिच साभिच / सेन्टर मिडफिल्ड (लाजियो ) : ( बजार भाउ ८१ मिलियन युरो )

साभिचको बजार भाउ सन् २०१७ पछि धेरै बढेको छ । लाजियोका लागि उत्कृष्ट प्रदर्शन गरेका सर्बियन खेलाडीको मूल्य उनकै प्रदर्शनको आधारमा बढेको हो । यस सिजन उनलाई लिनको लागि रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर युनाईटेड, एसी मिलान र चेल्सीले प्रयास गरेका थिए । यद्यपी उनी लाजियोबाट कतै गएका छैनन् ।

८) मोहम्मद सलाह / राइट विंग (लिभरपुल) : ( बजार भाउ १३५ मिलियन युरो )

Salah Liverpool

यस पोजिसनका लागि रहिम् स्टरलिंग, ग्यारेथ बेल, औस्माने डेम्बेले र थोमस मुलरजस्ता खेलाडीलाई पछि छाड्दै सलाहले आफ्नो स्थान बनाएका छन् । सन् २०१७ जुनमा उनको बजार मूल्य ३१.५ मिलियन युरो मात्र रहेको थियो । लिभरपुलमा आएपछि भने उनको महत्त्व बढेर गएको छ । गत सिजन लिगमा ३२ गोल गरेका उनले प्रिमियर लगको गोल्डेन बुट जितेका थिए ।

९) नेइमार / लेफ्ट विंग (पेरिस सेन्ट जर्मन) : ( बजार भाउ १६२ मिलियन युरो )

बार्सिलोनाबाट कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन गएका नेइमारले ट्रान्सफर बजारलाई नै चकित पारे । फ्रेन्च लिगको पहिलो सिजनमा उनले ३० खेलमा २८ गोल गर्न सफल भए । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी पछि बर्तमान फुटबल जगतमा उनको धेरै प्रशंसा हुने गर्दछ ।

१०) लियोनल मेस्सी / सेन्ट्रल अट्याकिंग मिडफिल्डर (बार्सिलोना) : ( बजार भाउ १६२ मिलियन युरो )

मेस्सीको प्रशंसा गर्नका लागि सायद शब्द सापटी माग्नु पर्ने हुन्छ । बार्सिलोनाका यी जादुगरले टोलीबाट नेइमार बाहिरीपनि आफ्नो टिमलाई स्थिर राखेका छ्न् । नेइमारबिना समेत मेस्सीको प्रेरणामा बार्सिलोना गत सिजन ला-लिगाको विजेता बनेको थियो । यस्तै कोपा डेल रे को उपाधि समेत क्याटलान क्लबको नाममा रह्यो । यस सिजन समेत आफ्नो गोलको खाता खोलिसकेका मेस्सीले २०१८/१९ मा कति रेकर्ड तोड्नेछन् भन्ने सायद भगवानलाई मात्र थाहा छ ।

११) किलियन एम्बाप्पे / स्ट्राइकर (पेरिस सेन्ट जर्मन) : (बजार भाउ १३५ मिलियन युरो )

यस संस्करणको फिफा विश्वकपमा उत्कृष्ट युवा प्रतिभा घोषित भएका एम्बाप्पेले स्ट्राइकरकको भूमिकामा यो स्क्वाडमा आफ्नो स्थान बनाएका छन् । फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले आफ्नो बजार भाउ समेत धेरै बढाएका छन् । सानै उमेरमा पाएको सफलताका कारण उनलाई फुटबलका माहान् पेलेसंग समेत दाँज्न थालिएको छ ।

बजार भाउ फुटबल व्यापारको प्रतिष्ठित संस्था सीआइईएसबाट साभार गरिएको हो । बढ्दो उमेर र खस्कँदो प्रदर्शनका कारण क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, लुका मोड्रीच, सर्जियो रामोस, जेरार्ड पिके लगायत अन्य विश्व स्तरीय खेलाडीको भाउ घट्दो छ । त्यसैकारण यस टोलीमा उनीहरु पर्न सकेनन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.