7 years ago
August 27, 2018
काठमाडौं (हामो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । एन्फाका कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९ सदस्यी टिमबाट २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हुन् । साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा भदौ १९ गते देखि सुरु हुँदैछ । जहाँ नेपालसहित दक्षिण एसियाका ७ राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।

नियमित रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउदै आएको फरवार्ड जर्जप्रिन्स कार्कीले स्थान बनाउन नसक्दा निराजन खड्काले लामो समयपछि राष्ट्रिय स्थान बनाएका छन् । यस्तै डिफेन्डर सुमन अर्याल र हेमन्त थापामगरले २० सदस्यीय टिममा स्थान बनाउन सफल भए । साफ सुजुकी कप बंगलादेशमा हुदैछ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन् । नेपालले पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ ।
नेपालर पाकिस्तानबीचको खेल १९ भदौमा बंगबन्धु स्टेडियममा हुनेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली राष्ट्रिय टोली
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने
रक्षक : दीनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल
मिडफिल्ड : हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्ड : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]