7 years ago
August 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर निराजन खड्काले नेपाली फुटबल राष्ट्रीय टोलीमा पुनरागमन गरेका छन् । पछिल्लो पटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका उनि त्यसपछि राष्ट्रिय टोलीमा परेका थिएनन् ।

सोमबार प्रशिक्षक बालगोपाल महर्जनले साफ च्याम्पियनसिप २०१८ का लागि घोषणा गरेको अन्तिम २० मा उनले स्थान बनाएका हुन् । पछिल्लो समय घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै आएका उनले थ्री स्टार क्लबको कप्तानी पनि सम्हाल्दै आएका छन् । थ्री स्टार क्लबका नियमित कप्तान विक्रम लामा केहि महिनाअघि बुढासुब्बा गोल्डकप दौरान घाइते भएपछि उनले कप्तानी सम्हालेका थिए । क्लब फुटबलमा लगातार राम्रो प्रदर्शन गरेपछि उनले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा नाम बनाएका थिए ।
पछिल्लो पटक एएफसी च्यालेन्ज कप २०१२ मा राष्ट्रिय टोलीबाट खेलेका उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा निकै उत्साहित रहेको बताए । ‘मैले पछिल्लो दुई वर्ष राष्ट्रिय टोलीमा फर्कन निकै मिहिनेत गरेको छु । लगातार मिहिनेत गरेपछि सफल हुन सकिन्छ भन्ने मलाई थाहा थियो । अब राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्ने मेरो लक्ष्य हुनेछ,’ खड्काले हाम्रो खेलकुदसँग भने ।
टोलीमा सिनियर खेलाडी रहेका कारण अझै मिहिनेत गर्नुपर्ने उनको बुझाई छ । ‘अहिलेको टोलीमा सिनियर खेलाडीको रुपमा रहेको छु । यसले मबाट धेरै अपेक्षा पनि हुनसक्छ । त्यसमा खरो उत्रन म आफ्नो सक्दो प्रयास गर्नेछु ,’ उनले थपे ।

नेपाली टोलीको कप्तानमा विराज महर्जन चुनिएका छन् । नेपालको समूहमा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन् । नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ । त्यसपछि भुटान र बंगालदेशसँग प्रतिसपर्धा गर्नेछ । अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
पूर्ण टोली:
आदित्य चौधरी
एलन न्यौपाने
अनन्त तामाङ
अन्जन विष्ट
भरत खवास
विकेश कुथु
विमल घर्तीमगर
विराज महर्जन (कप्तान)
विशाल राई
देवेन्द्र तामाङ
दीनेश राजवंशी
हेमन गुरुङ
हेमन्त थापामगर
किरण कुमार लिम्बु
नवयुग श्रेष्ठ
निराजन खड्का
रोहित चन्द
सुजल श्रेष्ठ
सुमन अर्याल
सुनिल बल
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]