7 years ago
August 27, 2018
ओल्ड ट्राफोर्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति एकमात्र खेल हुदैछ । उपाधिको दावेदार म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा टोटनह्यामको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ । सिजनको शुरुवातमा म्यानचेस्टर युनाइटेडले राम्रो शुरुवात गर्न सकेको छैन ।
घरेलु मैदानमा लेस्टर सिटीमाथि २–१ को संघर्षपूर्ण जित निकालेको म्यानचेस्टर युनाइटेले लिगको आफ्नो दोस्रो खेल ब्राइटन होभ अल्वियोनसँग ३–२ ले गुमाएको थियो । त्यसैले युनाइटेड टोटनह्यामविरुद्धको खेलमा संयमित भएर खेल्दै तीन अंक लिने योजनामा हुनेछ । युनाइटेडमा एलेक्सिस सान्चेज, नेमान्जा मेटिक र एन्टेनियो भ्यालेन्सिायाको आगमनले टिम मजवुत बनेको छ ।
तर, टोटनह्यामलाई पराजित गर्न त्यति सहज भने हुनेछैन । प्रिमियर लिगका शुरुवाती दुवै खेलमा जित हात पारेर उत्साहित बनेकधो टोटनह्याम घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै लिगमा लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ । टोटनह्यामले न्यु क्यासल युनाइटेड र फुलहमलाई पराजित गरेको थियो । टोटनह्यामसँग ह्यारी केन र डेल अलीजस्ता खेलाडीहरुको साथ छ ।
राम्रो खेलिरहेका ह्युङ मिन सनको अनुपस्थिति टोटनह्यामलाई महँगो पर्न सक्नेछ । घरेलु मैदानमा टोटनह्यामविरुद्ध २६ खेल खेल्दा युनाइटेडले २१ खेलमा जित हात पारेको छ । दुई हार र तीन बराबरीको नतिजा छ । प्रिमियर लिगका तेस्रो चरणको खेल सकिदा लिभरपुल, चेल्सी र वाटफेर्डले समान ९ अंक जोड्दै शीर्ष तीनमा रहेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]