7 years ago
August 28, 2018
क्याटलान (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरले युइएफए च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लब बार्सिलोनासँग खेल्न नपरोस भन्ने आशय राखेका छन् ।

व्यापारिक कार्यको सिलसिलामा बार्सिलोना पुगेका नेयमारले मुन्डो डिर्पाेटिभोसँगको अन्तर्वार्ताका क्रममा च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्न नपरोस् भन्ने धारणा राखेका हुन् । ‘म सधैं बार्सिलोनाका साथीहरुसँग नजिक रहेको छु । मेरो बार्सिलानाका पूर्व सहकर्मीसँग राम्रो सम्बन्ध रहेको छ । उनीहरु सबै उत्कृष्ट छन् ।’ अन्र्तवार्ताका क्रममा नेयमारले भनेका छन्, ‘मलाई बार्सिलोनाको सामना गर्न निक्कै गाह्रो महसुस हुनेछ । त्यसैले म च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्ने चाहना छैन ।’
यस सिजनको च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ शुक्रबार हुँदैछ । नेयमार गतवर्ष विश्व कीर्तिमानी २२२ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोना पुगेका नेयमारले २०१४-१५ को सिजनमा च्याम्पियन्स लिग जितेका थिए । २०१६-१७ को सिजनमा बार्सिलोनाले पीएसजीलाई पराजित गरेको थियो । अघिल्लो सिजन पीएसजी प्रि–क्वाटरफाइनलमा रियलसँग पराजित हुँदा बार्सिलोना क्वाटरफाइनलमा रोमासँग निराश बनेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]